पूर्वाञ्चल विश्वविद्यालयले गुणस्तरीय प्राविधिक ज्ञान प्रदान गर्दै आएको छ–उपकुलपति डा थपलिया

कुमोद अधिकारी
११ साउन,

विराटनगर ।ः पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक कलेज स्कुल अफ इन्जिनियरिङ्गका विद्यार्थीहरुले आज विराटनगरमा स्वागत एवं विदाई कार्यक्रमको आयोजना गरेका छन ।
विश्वविद्यालयका उपकुलपति प्राडा विजु थपलियाले कार्यक्रमको उद्घाटन गर्दै इन्जिनियरिङ्ग कलेजका विद्र्याीहरुलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय प्राविधिक ज्ञान र दक्ष शिपयुक्त निर्माणले मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुगेको वताउनुभयो ।
उहाँले कलेज स्थापना पश्चात २० हजार भन्दा वढी विद्यार्थी उत्पादन भएको चर्चा गर्दै इन्जिनियरिङ्गका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिस्तरको ज्ञान हासिल गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।
विश्वविद्यालयका अनुगमन तथा मूल्याङ्कन समितिका निर्देशक डा उत्तमकुमार रेग्मीले विद्यार्थीहरुले हासिल गरेको ज्ञान एवं शिपलाई आम जनताको हितमा प्रयोग गरी सफल हुन शुभकामना दिनु भयो ।
इन्जिनियरिङ्गका निमित्त डिन हेमन्तकुमार गोइतले विश्वस्तरीय पाठयक्रमबाट विद्यार्थीहरुलाई अध्यापनले स्वदेश तथा विदेशमा उच्च माग रहेको बताउनुभयो ।
कार्यक्रममा सन् २०१९ शत्रका १४८ विद्यार्थीहरुको विदाई गरेको छ भने सन् २०२४ का १३५ विद्यार्थीको स्वागत गरिएको छ । सो अवसरमा कलेज छात्राहरुले विभिन्न लोकनृत्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *