कुमोद अधिकारी
१० साउन
विराटनगर । डिभिजन वन कार्यालय मोरङले हरित अभियान कार्यक्रम अन्तर्गत आर्थिकवर्ष–०८१–०८२ मा ६ लाख ६० हजार विरुवा उत्तपादन गरेको छ ।
हैशियात विग्रिएका वनक्षेत्र तथा सामुदायिक एंव साझेदारीवनको खालीपर्ती जग्गामा वृक्षारोपणगर्ने उदेश्यले उत्तपादन गरिएकोे विरुवा कार्यालयले निशुल्क वितरण गर्दै आएको छ ।
विराटनगर स्थित डिभिजन वन कार्यालय र निजि र सरकारीगरि २१ वटा नर्सरी मार्फत निशुल्क रुपमा विरुवा वितरण हुदै आएका र हालसम्म साढे तिनलाख वढि विरुवा वितरण भइसकेको कार्यालयका अधिकृत एंव सुचना अधिकारी रामलखन ठाकुरले वताउनुभयो ।
कार्यालयले वहुवर्षे ४ लाख १० हजार र एकवर्षे २ लाख ५० हजार विरुवा उत्तपादन गरेको छ । मसला, जामुन,निम, टिक, कदम,असोक, कल्किफुल,खयर, ईपिल लगायत प्रजातीका विरुवा उत्तपादन गरेको र यो महिनाको अन्तसम्म सवै विरुवा वितरण भइसक्ने अधिकृत ठाकुरले वताउनुभयो ।

विरुवा उत्तपादनसंगै वृषारोपण अभियानलाई समेत कार्यालयले तिव्रता दिएको छ । गत आर्थिकवर्ष साढे ४१ हेक्टर जग्गामा वृक्षारोपण गरिएका कार्यालयले जनाएको छ । सामुदायिक तथा साझेदारीवनको सहयोगमा वृक्षारोपणगर्दै खालीपर्ति जग्गालाई हरियाली वनाएको अधिकृत ठाकुरको भनाई छ ।
अघिल्लो आर्थिकवर्ष ०८०–०८१ म कार्यालयले ८ लाख विरुवा उत्तपादन गरेको थियो । सो आर्थिकवर्ष ३६ हेक्टर जग्गामा वृक्षारोपण भएको थियो । यसरी सहज रुपले विरुवा उत्तपादन र वितरण हुन थालेपछि खेतवारीमा विरुवा लगाउने क्रम समेत वढदै जादा निजिवनप्रति किसानको आकार्षण समेत वढन थालेको छ ।
मोरङ जिल्लामा ६ सय १८ निजिवन दर्ता भएका छन । किसानले २ कठा देखि एक विघा क्षेत्रफलमा निजिवन लगाएर काठ उत्तपादनमा जोड दिन थालेका छन । यो वर्ष समयमा वर्षा हुन नसक्दा पर्याप्त मात्रामा विरुवा वितरण हुन सकेको छैन ।