राधाकृष्ण रथयात्रा व्यवस्थित एंव मर्यादित वनाउने विषयमा सरोकारवाला संग छलफल,

कुमोद अधिकारी
११ साउन,
विगतका वर्ष जस्तै यो वर्षपनि विराटनगरमा निकालिने श्रीराधाकृष्ण रथयात्रा व्यवस्थित एंव मर्यादित वनाउने विषयमा सरोकारवाला संग छलफल आयोजना गरिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको समन्वयमा सरोकारवाला संग रथयात्रालाई व्यवस्ति एंव मर्यादित वनाउने विषयमा छलफल आयोजना गरिएको हो ।
विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादव तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले रथयात्रालाई कसरी व्यवस्थित वनाउन सकिन्छ भन्ने विषयमा सरोकारवाला संग सुझाव लिनु भएको थियो ।
रथयात्रा आयोजना हुदा अपनाउनुपर्ने शान्ती सुरक्षाको अवस्था ,रथ परिक्रमा गर्ने सडकको अवस्था, खानेपानी तथा सडकमा रहेको विद्युत तथा केवलतारको अवस्था साथै स्वास्थ्यकर्मी परिचालनगर्ने तथा एम्वुलेन्स तयारी अवस्थामा राख्ने विषयमा सरोकारवाला संग छलफल भएको थियो ।
कार्यक्रममा महानगरपालिकाको मेयर कोइरालाले विराटनगरमा निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्रा भव्य रुपले सफल वनाउन कुनैपनि कसर वाकि नराख्ने भन्नुहुदै त्यसका लागि सरोकारवाला निकायको सहयोग आवश्यक रहेको वताउनुभयो । रथले परिक्रमा गर्ने सडकमा खाल्डाखुल्डी भए त्यसलाई तत्काल कालोपत्रे गर्न साथै विजली तथा केवलका तारहरु व्यवस्थित गर्न समेत उहाले निर्देशन दिनुभयो । विराटनगरमा विस्तार भइरहेको खानेपानी आयोजनाले पाइपलाइन विछाउन गरेको खाल्डाखुल्डि सडकको आवश्यक ठाउमा कालोपत्रे गर्न समेत उहाले निर्देशन दिनुभयो ।
मोरङकाम प्रहरी प्रमुख नारायण प्रसाद चिमोरियाले रथयात्रालाई व्यवस्थित वनाउन आवश्यक सुरक्षाकर्मी परिचालन गर्दै र शान्ती सुरक्षा थप सुद्धिढ वनाउने वताउनुभयो ।
श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा निकालिने परम्परा छ । यो वर्ष भाद्र १ गते विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिने भएको छ ।
१९८८ सालमा खटयात्राबाट सुरु भएको श्रीराधाकृष्ण रथयात्रा योवर्ष ९४ वर्षमा पुगेको छ । ९४ औं संस्करणको योवर्षको श्रीराधाकृष्णको रथको आकार ठुलो र गर्भ महसुसगर्ने खालको रहेको रथयात्रा मुल आयोजक समितिका अध्यक्ष कैलास रेग्मीले वताउनुभयो । योवर्षको रथको लम्वाई चौडाइ तथा रथको उचाई समेत वढाइएकाले रथको आकार ठुलो रहेको उहाको भनाई छ ।
कोशी प्रदेश सहित नेपाल र भारतका गरि ५ लाख बढि धर्मावलम्बी रथयात्रामा सहभागिता हुने आयोजक समितिको अनुमान छ ।
विराटनगरमा निकालिने श्रीराधाकृष्ण रथयात्रा भारतको जगन्नाथपुरी पछिको दक्षिण एसियाकै दोस्रो ठुलो रथयात्रा हो ।
विराटनगर–१ पानीट्याङ्की स्थित राधाकृष्ण मन्दिरबाट दिउसो ३ वजे निकालिने रथयात्राले ९ किलोमिटरको दुरी तयगर्ने र सो रथयात्राले परिक्रमाको क्रममा ४४ स्थानमा विश्राम लिने सो अवसरमा जानकारी गराइयो नगरक्षेत्रको परिक्रमा पछि पुनः राधाकृष्ण मन्दिरमा पुगेर रथयात्राको समापन गरिने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *