कुमोद अधिकारी
३२ असार,
विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहमन्त्री वालकृष्ण खाडले अव आउने नेपाली कांग्रेसको १५ औ महाधिवेशनमा गुटभन्दा भाथी उठेर देश र जनताको मुद्धा संवोधन गर्ने नेतृत्व चयन आवश्यक रहेको वताउनु भएको छ ।
विराटनगर स्थित कोइराला निवासमा आज संचारकर्मीसंग कुरागर्नु हुदै उहाले पाच वर्ष भित्र देश विकास, जनताको चाहना र युवापुस्ताको सोच र चिन्तनमा भरोसायुक्त दृढता व्यक्त गर्ने नेतृत्व कांंंग्रेसमा आवश्यक रहेको वताउनुभयो ।
अहिलेको अवस्थामा कुनै पार्टीको एकल सरकार नवन्ने अवस्थामा मुलुकमा राजनितिक स्ताइत्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा वर्तमान सरकार गठन भएको र सरकारले जनचाहना अनुरुप काम गरिहरेको यो सरकारलाई सफल वनाउन सवै लाग्नु पर्ने वताउनुभयो ।
वर्तमान सरकारले वजेट निमार्णमा सकारात्मक कुरालाई संवोधन गरेको तथा सरकारले ल्याएको नया नितिका कारण पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्न थालेको उहाको भनाई थियो ।
दलहरुको सहममती र सहकार्यमा वनेको वर्तमान संविधानलाई परिस्कृत गर्दै यस्को प्रभावकारी कार्यान्व्यनमा समेत उहाले जोड दिनुभयो ।
एक प्रश्नमा उहाले नेपाली कांग्रेसको केन्द्रिय अनुसाशन समितिले पार्टीका केहि पद्धाधिकारीलाई गरेको कार्वाही प्रक्रियागत भएकाले यस विषयमा उठेका कुरालाई केन्द्रिय समितिले संवोधन गर्नुपर्ने वताउनुभयो ।
विराटनगर स्थित कोइराला निवास नेपाली कांग्रेसका लागि पवित्र भुमि र धार्मिक स्थल भएको चर्चा गर्दै उहाले कोइराला निवासको भुमि स्र्पसगर्दा पनि थप प्रेरणा मिल्ने उहाको भनाई थियो । कोइरालाले निवास मुलुकका परिवर्तनको संवाहक भएकाले कोइराला निवासलाई कुनै राजनितिक गुट संग जोडन नमिल्ने उहाले प्रष्ट पार्नुभयो ।