स्मार्ट तालिमको माध्यमवाट प्रतिष्ठानलाई पहिचान दिलाउनु आवश्यक, मुख्यमन्त्री कार्की

कुमोद अधिकारी
३२ असार,
विराटनगर। कोशी प्रदेश अन्तर्गत झापाको कलवलगुरीमा अवस्थित प्रदेस अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी आर्थिक वर्षका लागि १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रतिष्ठानको चौथो परिषद् बैठकले बजेट स्वीकृत गरेको हो। प्रदेश सरकारले एकमुष्ट रुपमा दिएको २ करोड ७० लाख र प्रतिष्ठानको आन्तरिक आम्दानी १६ लाख गरेर २ करोड ८६ लाखको कार्यक्रम बैठकले तय गरेको छ।
त्यस्तै प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत ७ करोड ६१ लाख ५० हजार रुपैयाँ बराबरको कार्यक्रम स्वीकृत गरिएको छ। प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका अनुसार यो बजेट सरकारको प्रदेश सभाबाट पारित पनि भइसकेको छ।
बैठकलाई सम्बोधन गर्दै कोशी प्रदेसका मुख्यमन्त्री कार्कीले प्रतिष्ठानले कर्मचारीहरूलाई स्मार्टनेस बनाउने गरी तालिम गर्नुपर्ने बताउनुभयो।
उहाँले प्रतिष्ठानलाई सबैले चिन्ने र विश्वासिलो बनाउने गरी अगाडि बढाउन निर्देशन दिनुभयो। आम मानिसले चिन्ने र बदलिदो प्रविधि अनुसार अपडेट गरेर प्रतिष्ठानलाई अगाडि बढाउन उहाँले जोड दिनुभयो।
बैठकमा सदस्यका रूपमा प्रदेशको प्रमुख सचिव, प्रदेश लोकसेवा आयोगका अध्यक्ष योजना आयोगका उपाध्यक्ष, विभिन्न पालिकाका प्रमुख र उपप्रमुख सहभागी हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *