सुनसरीमा मोटरसाइकल दुर्घटना, बाबुछोरासहित तीनजनाको मृत्यु

विराटनगर ।  सुनसरीको रामधुनी नगरपालिका–७ मा भएको मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्यू भएको छ । दुर्घटनामा थप दुईजना गम्भीर घाइते भएका छन् ।

कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बर मोटरसाइकल र कान्छी चोकबाट कालाबञ्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल शनिबार बेलुका ठोक्किएर दुर्घटनामा भएको थियो ।

सुनसरी प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ५८६४ नम्बरको मोटरसाइकलका चालक रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी र उनका छोरा ९ वर्षीय प्रनिष चौधरीको उपचारका क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

मोटरसाइकलका चालक सुनसरीको इनरुवा नगरपालिका–६ का ५० वर्षीय विन्दु यादवको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

सो दुर्घटनामा रामधुनी–६ की ३२ वर्षीय प्रतीक्षा चौधरी र इनरुवा–७ का ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते छन् । प्रतिक्षा मृत्यु भएकी इनर्चनकी पत्नी हुन् ।

उनीहरुको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *