कुमोद अधिकारी विराटनगर
२० जेठ,
विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई नया फेजमा संचालनका लागी गठन गरिएको कार्यदलले कोशी प्रदेसको विभिन्न जिल्लामा पुगेर परियोजनाद्धारा संचालित योजनाहरुको फिल्ड अनुगमन गरेको छ ।
१० वर्षै सो परियोजना अहिले अन्तीम वर्षमा संचालन भइरहेको अवस्थामा विगत ९ वर्षमा परियोजना मार्फत सम्पादन भएका कर्यक्रमलाई परिमार्जनगर्दै यसलाई नया फेजमा र नयाढंगवाट संचालनगर्र्ने उदेश्यले कृषितथा पशुपंक्षी विकास मन्त्रालयले कार्यदल गठन गरेको हो ।
कार्यदलले, परियोजना संचालन भएका विभिन्न जिल्लाहरुको फिल्ड अनुगमनगदै नया फेजका लागि थप कार्यक्रम वनाउन परियोजनाद्धारा संचालित कार्यक्रममा आवद्ध कृषक तथा कृषक सहकारी समुह, प्रशोधनकर्ता , विक्रि वितरण तथा मुल्य श्रंखलामा आवद्ध सरोकारवालाहरु संग छलफल तथा अन्तरक्रियागर्दै राय सुझाव संकलन गरेको छ ।

परियोजनाद्धारा सांचिन भएका योजनाहरुको अनुगमन एंव अध्यनगर्दै विगत ९ वर्षमा संचालन भएका सफल तथा सफल हुन कठिन भएका योजना तथा कार्यक्रमलाई कसरी सफल वनाउन सकिन्छ भन्ने विषयमा आएका सल्लाह सुझावलाई परियोजनाको नया फेजको आगमाी कार्यक्रममा समवेशगर्ने उदेश्यले आवद्ध कृषक समुह, सहकारी तथा सरोकारवाला संग अन्तरक्रिया छलफल गर्दै सुझाव संकलन गरेको कृषितथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा गोविन्द प्रसाद सर्माले वताउनुभयो ।
अध्यन टोलीले, विगत तिन दिनमा झापा, मोरङ, सुनसरी तथा धनकुटा जिल्लामा परियोजना मार्फत संचालन हुदै आएका कृषीमा आधारित उधोग, तथा जोन तथा सुपर जोन जस्ता कार्यक्रमहरुको स्थलगत अध्यन अनुगमन गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई विराटनगरका प्रमुख मनोजकुमार यादवले वताउनुभयो ।
उहाका अनुसार, परियोजनाको अनुदानमा संचालीत माछा तथा तरकारी जोन, कृषीफर्म, वेसार तथा मसला उधोग, प्रागांरिक मल उत्तपादन उधोग लगायत एकदर्जन भन्दा वढि योजनाहरुको कार्यदलले स्थलगत अनुगमन गरेको छ ।

परियोजनालाई थप प्रभावकारी वनाउन तथा नया ढंगवाट परियोजना संचालन गर्न के कस्ता कार्यक्रमहरु थप गर्न सकिन्छ भन्ने विषयमा अध्यन टोलीले किसानको खेतावारीमा पुगेर उत्तपादित कृषि उपजको विषयमा जानकारी लिदै किसानसंग अन्तरक्रिया र छmलफल गरेको थियो ।
नेपाल सरकारको यो वर्षको नितितथा कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यक्रमलाई आगामी वर्षदेखि राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रमको रुपमा परिमार्जन गर्ने गर्ने उल्लेख भए अनुसार अनुसार विभिन्न जिल्लामा पुगेर कार्यदलले काम गर्दै आएको कार्यदलका सदस्य एंव पशुसेवा विभाग अन्तर्गत राष्ट्रिय पंशुपंक्षी श्रोत व्यवस्थापन तथा प्रवद्धन विभागका सह–सचिव चन्द्र ढकालले वताउनुभयो ।

कृषि तथा पशुपक्षी विकाम मन्त्रालयका सचिव डा गोविन्द प्रसाद सर्माको नेर्तत्वमा खटिएको कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सह–सचिव, पशुतथा कृषिसेवा विभागका महानिर्देशक ,मन्त्रालयमा आवद्ध विभिन्न विभागका प्रमुख तथा तथा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख हरुको सहभागिता रहेको छ
झापावाट अनुगमन शुरु गरेको कार्यदलको टोलीले आज धनकुटा जिल्लाको परियोजनामा आवद्ध योजनाहरुको अध्यन अवलोकन गरेको परियोजना कार्यान्वयन इकाई विराटनगरका प्रमुख यादवले वताउनुभयो ।