‘दुई अर्वको लागतमा दुई सय शैय्याको जीवन विकास सामुदायिक अस्पताल सञ्चालनमा ,

कुमोद अधिकारी
,१९ जेठ ः
विराटनगर । मोरङको कटहरी गाउँपालिका –२ स्थित हल्दिबारीमा बीस विघा जमीनमा दुई अर्ब लगानीमा दुई सय शैय्याको जीवन विकास सामुदायिक अस्पताल एवं प्राविधिक शिक्षा प्रतिष्ठान सञ्चालनमा आएको छ।
जीवन विकास समाजले अस्पताल परिसरमा आज पत्रकार सम्मेलनको आयोजनागर्दैे सङ्घीय सांसद एवं जीवन विकास अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनका अध्यक्ष योगेन्द्र मण्डलले अस्पताल संचालनमा आएको जानकारी दिनुभयो।
सर्वसाधारण जनतालाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाहका लागि संचालनमा ल्याइएको सामुदायिक अस्पतालले अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक टोली सहितको सेवा प्रवाह गर्ने फाउण्डेशनका अध्यक्ष मण्डलले जानकारी दिनुभयो ।
अस्पताल निर्माणका लागि एक अर्व ३० करोड जीवन समाजको र रु ७० करोड बैंकबाट ऋण लिएर लगानी गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
कोशी प्रदेशको तराईका दक्षिण क्षेत्रका रहेका विपन्न वर्ग जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्य राखी फाउण्डेशनको स्थापना गरिएको हो ।
अस्पतालमा अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सक मार्फत आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकहरुबाट दैनिक वहिरङ्ग सेवा, साधारण तथा पेनलेस डेलिभरी सेवा, जेनरल तथा आइसियु, एनआईसियु, सिसियु,एचडिसियु, पिआईसियु ,डिजिटल एक्सरे,भिडियो एक्सरे दुरबिनबाट सबै किसिमको शल्यक्रिया सेवा, बालरोग उपचार सेवा, डाइलासिस, आधुनिक मेसिनबाट सबै किसिमको प्रयोगशाला सेवा, नाक कान घाँटीको उपचार सेवा, आँखा जाँच लगायत सेवा प्रदान गर्ने अध्यक्ष मण्डल बताउनुभयो ।
अस्पताले सेवा प्रवाहका लागि विषेशज्ञ चिकित्सकसहित २०० जनशक्ति रहेको अस्पतालले आगामी केही वर्षमा चिकित्सा शिक्षाको अध्ययन सञ्चालनमा ल्याउने गरी सेवाहरु थप विस्तार गर्दै लैजाने जानकारी गराइयो ।
सो अस्पतालको प्रधानमन्त्री केपी शर्मा ओली जेठ २४ गते शनिवार उद्घाटन गर्नु हुने कार्यक्रम रहको फाउण्डेशनका अध्यक्ष एंव सांसद मण्डलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *