कुमोद अधिकारी
१९ जेठ,–
पूर्वाञ्चलमै पहिलोपटक स्वास्थ्य क्षेत्रमा एक ऐतिहासिक कदम चाल्दै विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग संचालनमा ल्याएको छ ।
सो अवसरमा आयोजित कार्यक्रममा चिकित्सा क्षेत्रका विशिष्ट विशेषज्ञहरू, अस्पताल प्रशासन र स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा सीएमसीका न्यूक्लियर मेडिसिन विभाग प्रमुख डा. जीवन पौडेलले पूर्वी नेपालमा यस्तो अत्याधुनिक प्रविधियुक्त विभाग सुरु हुनु स्वास्थ्य क्षेत्रमा एक ठूलो फड्को भएको बताउनुभयो। उहाँले विराट मेडिकल कलेज टिचिङ हस्पिटलले ल्याएको यो कदमले क्यान्सर जस्ता जटिल रोगहरूको निदान र उपचारमा नयाँ युगको सुरुवात गरेको स्पष्ट पार्नुभयो।
अस्पतालका वरिष्ठ क्यान्सर सर्जनले पेटभित्र फैलिने क्यान्सरको उपचारका लागि अति आवश्यक प्रविधि हाइपेक (ज्क्ष्एभ्ऋ) सेवा पनि पूर्वमै पहिलोपटक सञ्चालनमा ल्याइएको घोषणा गर्नुभयो। उहाँले यसको माध्यमबाट जीवनरक्षाको सम्भावना उच्च हुने जानकारी दिनुभयो।
रक्त तथा क्यान्सर रोग विशेषज्ञ डा. सुलभ सापकोटा र डा. अस्मिता रायमाझीले पनि विभागको सुरुवातसँगै क्यान्सर उपचार अझ सहज, भरपर्दो र सर्वसुलभ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले अब पूर्वी नेपालका सर्वसाधारणले पनि विश्वस्तरीय सेवा सहजै प्राप्त गर्न सक्ने वातावरण निर्माण भएको बताउनुभयो।
ऋस्पतालका संस्थापक अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कार्यक्रममा बोल्दै भन्नुभयो, “विराट मेडिकल कलेज टिचिङ हस्पिटल स्थापना गर्दा हामीले सेवा, शिक्षा र सामाजिक परिवर्तनको केन्द्र बनाउने लक्ष्य राखेका थियौं। न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको सुरुवातले त्यो परिकल्पना आज थप मजबुत बनेको छ।” उहाँले थप भन्नुभयो, “स्वास्थ्य सेवा नाफामुखी होइन, सेवामुखी हुनुपर्छ भन्ने मान्यतामा हामी अडिग छौं। गुणस्तरीय सेवा, दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिको संयोजनमार्फत हामी अस्पताललाई अझ सहज रूपमा आम नागरिकको पहुँचमा पु¥याउन चाहन्छौं। हामी चाहन्छौं कि बिरामीहरू उपचारका लागि काठमाडौं वा विदेश जान नपरोस्, सबै सेवा यही विराटनगरमै सहज रूपमा उपलब्ध होस्।”
अस्पतालका सीईओ डा. निकिता कार्कीले स्वास्थ्य सेवा जनउत्तरदायी र सर्वसुलभ हुनुपर्छ भन्ने मान्यताका साथ अस्पताल सञ्चालन भइरहेको बताउनुभयो।
उहाँले अस्पताललाई अझ सुविधासम्पन्न, प्रविधिमैत्री र अनुसन्धानमुखी बनाउने लक्ष्यसहित आगामी दिनहरूमा थप सेवा विस्तार गरिने जानकारी दिनुभयो।
स्वास्थ्य, सेवा र शिक्षाको संयोजनसहित विराट मेडिकल कलेज टिचिङ हस्पिटलको यो पहलले निश्चय नै कोशी प्रदेश र समग्र देशका लागि अनुकरणीय उदाहरण प्रस्तुत गरेको सो अवसरमा जानकारी गराइएको थियो ।