कुमोद अधिकारी विराटनगर
१४ वुधवार,
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले, नेपाल सरकारले सवै पालिकामा निमार्ण गरेका आधारभुत अस्पतालहरुमा दक्ष चिकित्सक सहितको जनशक्ती राज्यले पु¥याउनुपर्ने बताउनु भएको छ ।
हरेक पालिकामा एक अस्पताल निमार्ण गर्ने सरकारको अवधारण अनुसार मोरङको वुढीगंगा गाउपालिका वडा नं –६ मा निमार्ण भएको वुढीगंगा पालिका अस्पतालको बुधवार उद्घाटन गर्नुहुँदै उहाँले पालिकास्तरमा निमार्ण भएका आधारभुत अस्पतालहरु बाट प्रभावकारी सेवा उपलव्ध गराउन दक्ष जनशक्तीको आवश्यक रहेको बताउनुभयो । कतिपय ठाँउहरुमा ठुला भवनहरुका अस्पताल संचालन भएपनि त्यस्ता अस्पतालहरुमा दक्ष जनशक्ती नहुदा सामान्य विरामीहरुले पनि सदरमुकाम धाउनुपर्ने अवस्था रहेको उहाँको भनाई थियो ।

सरकारले संचालन गरेको स्वास्थ्य विमा कार्यक्रमाले नागरिकको उपचारमा सहजता ल्याएको भन्नुहुदै उहाँले गरिव तथा असहायलाई विमाको दायरामा ल्याउन त्यस्ता समुदायको विमामा लाग्ने शुल्क स्थानियतहले व्यहुर्नपर्ने बताउनुभयो ।
स्वास्थ्य विमा कार्यक्रमको विषयमा शुरुमा यसमा लाग्ने खर्चको इस्टमेन्ट सहि रुपमा नहुदाँ विमा कार्यक्रममा आर्थिक रुपमा समस्या आएकाले यसलाई पारिमार्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाले वुढीगंगा गाउपालिकाको विकासमा आफु प्रतिवद्ध रहेको बताउदै नेता कोइरालाले यो पालिकामा किसानहरुका लागि कोल्डस्टोरेज तथा स्थानिय उधमशिल महिलाहरुका लागि महिला उधोगग्राम निमार्ण गर्न लागेको बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री केदार कार्की तथा कोशी प्रदेशकाका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले , कोशी प्रदेश सरकारले प्रदेशमा रहेका हरेक स्वाथ्यकेन्द्र तथा जिल्ला तथा नगर अस्पतालहरुमा सेवा विस्तार गरेका कारण आम नागरिकले सहज रुपले सेवा पाइरहेको बताउनुभयो ।
नेपाल सरकारले निमार्ण गरेको दश वेडको सो अस्पतालको निमार्ण लागत आठ करोड रुपैया रहेको छ । २०७७ साल मंङसिरमा शिलान्यास भएको तथा सवा एक विघा जग्गामा फैलिएको सो अस्पतालमा मेजर तथा माइनर अपरेशन सेवा, ल्याव सेवा, एक्सरे , इसीजीसी, इन्डोर तथा २४ घन्टा इमरजेन्सी सेवा संचालनमा रहेको वुढीगंगा गाउकापलिकाका अध्यक्ष जितनारायण थापा मगरले बताउनुभयो ।