कुमोद अधिकारी
१० जेठ ः
विराटनगर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको अनुभूति गर्नेगरी आम नागरिकलाई सहज रुपमा सेवा पु¥याउन राज्यले स्वास्थ्यक्षेत्रमा लगानी वढाउनु पर्ने वताउनु भएको छ ।
मोरङको धनपालथान गाउँपालिका – ३ सोराभागस्थित शिवशक्ति माविमा आज आयोजित वृहत स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा देखिएका वेथितीलाई अन्त्यगर्दै नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पु¥याउन स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक रहेको वताउनुभयो ।
मन्त्री पौडेलले अन्तर्राष्ट्रिय क्षेत्रको अभ्यास अनुसार अनुसार नागरिकको लगानीमा स्वास्थ्य वीमा मार्फत सहज र सरल रुपमा निःशुल्क स्वास्थ्य सेवा र उपचार पाउनुपर्ने वताउनुभयो ।
स्वास्थ्य मन्त्रलयले आगामी बजेटमा सम्पूर्ण संगठित क्षेत्रमालाई वीमामा जोड्ने प्रस्ताव गरेको जानकारी दिदै मन्त्री पौडेलले नागरिकहरुको स्वास्थ्य अवस्था वुझदै जटिल अवस्थामा भएकाको उपचार गर्ने पद्दतीको विकास शुरु गरेको बताउनु भयो ।
उहाँले विराटनगर–१० स्थित शैलजा आचार्य हृदयरोग केन्द्रलाई क्याथ ल्याव प्रदान गरेको चर्चा गर्दै यसलाई व्यवस्थित एवं सुचारु रुपले सञ्चालन गर्नका लागि आवश्यक सहयोग प्रदान गर्ने समेत वताउनुभयो ।
मन्त्री पौडेलले मन्त्रालयले सात प्रदेशमा क्यान्सर रोग उपचार केन्द्रको विस्तार गरेको जानकारी दिँदै मुटु रोग र मानव अङ्ग प्रत्यारोप गर्ने कार्यक्रम सवै प्रदेशमा क्रमशः विस्तार गर्दै जाने बताउनु भयो ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य अमृत अर्याल, डोल्मा तामाङ र गयानन्द मण्डल गनगाईले धनपालथान गाउँपालिकामा निर्माणाधिन १५ शैय्या अस्पतालको लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।
गणेशमान फाउण्डेशन मोरङका अध्यक्ष फलकुमार लालवानी, धनपालथान पालिकाका अध्यक्ष जिवछ गच्छदार तथा नेपाल रेडक्रस सोसाईटी मोरङका अध्यक्ष सुकदेव मण्डलले मोरङका दुर्गम क्षेत्रका जनतालाई सहज उपचारका लागि यस प्रकारको स्वास्थ्य शिविर आयोजना गर्दै जाने वताउनुभयो ।
एक दिने स्वास्थ्य शिविरमा न्यूरो कार्डियो मल्टिस्पेििशयलिटी हस्पिटल प्रालि विराटनगरको चिकित्सक सहित ५० जना स्वास्थ्यकर्मीहरुले क्षयरोग,न्यूरो, हाडजोर्नी,फिजिसियन,ग्यास्ट्रोलोजी, डाइटिसियन,स्त्री रोग,आँखा, चर्म, स्वासप्रश्वास, अल्ट्रासाउड सेवा , रगत जाँच लगायत सेवा प्रदान गर्नु भएको थियो ।
गणतन्त्र दिवसको उपलक्ष्यमा गणेशमानसिंह फाउण्डेशन मोरङ , नेपाल रेडक्रस सासाईटी ,मोरङ र लायन्स क्लव अफ विराटनगरले शिविरमको आयोजना गरेको हो ।