खोटाङको सावा खोलामा आठ करोडको लागतमा पुल निमार्ण,

कुमोद अधिकारी
१० जेठ
विराटनगर ।खोटाङको सावा खोलाको सडक पुलको शनिबार उद्घाटन भएको छ । कोशी प्रदेश सरकारले बनाएको उक्त पुलको उद्घाटन एक कार्यक्रमका विच कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले गर्नुभयो ।
खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिका जोड्ने उक्त सडक पूर्वाधार विकास कार्यालय उदयपुरले निर्माण गरेको हो भने प्रादेशिक सडकपुल सहयोग इकाई इटहरीले प्राविधिक सहयोग गरेको हो ।
निर्माण व्यवसायी सुसम आदित्य बिजय निर्माण सेवा उदयपुरले २०८० वैशाख ११ गते पुल निर्माणको लागि ८ करोड ३ लाख ७८ हजार ७१५ रुपैयाँमा ठेक्कामा लिएको थियो । पुल निर्माण सम्पन्न भइसक्दा अन्तिम भुक्तानी भने ८ करोड २१ लाख ७२ हजार ८९४ रुपैयाँ भएको छ ।
दुई वर्षको समयावधिमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुल समयमै सम्पन्न भएको हो । ४१.४० मिटर लामो उक्त पुलको चौडाई ८.४० मिटर रहेको छ भने फुटपाथको चौडाई १.२० मिटर दुवैतर्फ रहेको छ ।


पुल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भुपेन्द्र राईले अधुरा योजनाहरुलाई चुनावी मुद्दा बनाउने भन्दा पनि राम्रो काम गरेर जनताको मन जित्नुपर्ने वताउनुभयो । जनतालाई प्रत्यक्ष फाइदा पुग्ने खालका ठूला–ठूला आयोजनालाई प्रदेस सरकारले महत्व दिएको उहाको भनाई थियो । चुनावको बेलामा आएको विकासको बाढी अरुबेला आयो कि आएन भनेर जनताले सोध्नुपर्ने उहाले वताउनुभयो ।
कोशी प्रदेस सरकार स्थापना भएको सातवर्षमा प्रदेसमा उल्लेखनिय रुपमा विकास निमार्णका काम भएको दावी गदै उहाले प्रदेस सरकारले गरेका कामलाई जनस्तर सम्म पु¥याउनु आवश्यक रहेको वताउनुभयो । राजनितिक आस्था विचार जे जस्तो भएपनि विकास निमार्णका काममा सवै एक जुट भएर अघि वढनुपर्ने मन्त्री राईलेको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *