विराटनगर
२३ पुष
ईलाका प्रहरी कार्यालय रंगेलीले घट्नाको विषयमा सत्यतथ्य छानबिन नगरी बिना कसुरमा अभद्र ब्यवहारको मुद्दा चलाएको रंगेली नगरपालिका वर्डा न ६ का गणेश सहनीले आरोप लगाउनु भएको छ । ..
मापदण्ड बिपरित बनाएको सडकको बिरोध गर्दा इन्जिनियर सुर्जकुमार मण्डलले दिएको अभद्र ब्यवहारको उजुरीका आधारमा रंगेली प्रहरीले एकतर्फी ढंगले आफुमाथी मुद्दा चलाएको उहाको आरोप छ ।
सहनीले आज विराटनगरमा पत्रकार सम्मेलनगरी विना कारण मुद्धा चलाएको विषयलाई लिएर आपती जनाउनुभयो ।
रंगेली नगरपालिका वडा–६ को पिपल चोक गोढीटोल देखि १५ सय मिटर बाटो मापदण्ड बिपरित कालो पत्रे भएको भन्दै विरोध जनाउँदा आफुमाथी अभद्र ब्यवहारको मुद्दा चलाएको उहाँले आरोप लगाउनुभयो ।
कालोपत्रे सडकको विषयमा इन्जिनियर मण्डललाई मापदण्ड बिपरित भयो, भन्नेर पटकपटक भन्दा पनि नमानेको बरु इन्जिनियर मण्डलले उल्टे विवाद गरेर मंसिर २१ गते आफु माथी ईलाका प्रहरी कार्यालय रंगेलीमा अभद्र ब्यवहारको मुद्दा दर्ता गराएको उहाँले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
सोही उजुरीको आधारमा प्रहरीले मंसिर २८ गते समातेर कुनै पनि छानबिननै नगरी बिना कसुरमा अभद्र ब्यवहारको मुद्दा चलाएको पिडित सहनीले आरोप लगाउनुभयो ।
प्रहरीले गरेको काम प्रति आपति जनाउनु हुँदै उहाँले घट्नाको उचित छानबिन गरेर न्यायका लागि उहाले सरोकारवालाहरुसंग आग्रहगर्नुभयो ।
सहनीले ५ दिनपछि जिल्ला प्रशासन कार्यालय मोरङबाट ४३ हजार धरोटीमा छुटेको बताउदै कमसल सामग्री प्रयोग गरेर कालो पत्रे सडक निर्माण गर्ने निमार्ण कम्पनी र इन्जिनियरलाई केहि नभएको र राम्रो कामका लागि कुरा उठाउदा विना कसुरमा आफुले सजाय भोग्नु परेको उहाँले दुःखेसो व्यक्तगर्नुभयो ।
पीडित सहनीले कानुन बमोजिम अभद्र व्यवहार मुद्दामा ४३ हजार धरोटि लिएको वताउदै आफुले सहि न्याय पाउने विश्वास समेत उहाले व्यक्त गर्नुभयो ।