न्युन तथा दुषित खाद्य पदार्थ उत्तपादनगर्ने २१ वटा उधोग उपर मुद्धा दायर

कुमोद अधिकारी विराटनगर
साउन, ८
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गत आर्थिकवर्ष २१ वटा खाद्य उधोग तथा व्यवसाय उपर मुद्धा दायर गरेको छ ।
न्युन स्तर तथा दुषित खाद्य पदार्थ उत्तपादनगर्ने उधोग उपर खाद्यतथा दाना ऐन वमोजिम मुद्धा दायर गरिएको र ६ वटा उधोग अनुसन्धानको क्रममा रहेको सो कार्यालयले जनाएको छ ।
विराटनगरमा आज आयोजना गरेको आर्थिवर्ष २०८०–०८१ को कार्यालयको आर्थिक प्रगति समीक्षा गोष्ठीमा सो अवधिमा १ सय २८ वटा खाद्य उधोग निरिक्षण,८३ वटा होटल रेस्टुरेन्ट अनुगमन साथै ८८ पटक वजार अनुगमन गर्दा कैफियत देखिएका उधोग पसलमा आवश्यक निर्देशन, वयान तथा नियमानुसार कारवाही गरेको जनाएको छ ।
कर्यालयको गत आर्थिकवर्षको तथ्याङ अनुसार नया उधोग स्थापना हुने क्रम समेत वढेको पाइएको छ । गतवर्ष २ सय २० वटा नया उधोग स्थापनाका लागि अनुज्ञापत्र लिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत दिनेस सुवेदीले वताउनुभयो ।
उहाका अनुसार २ सय ८३ वटा खाद्य उधोग स्थापनाका लागि सिफारिस भएकोमा २ सय २० नया उधोग स्थापना लागि अनुज्ञापत्र लिएका छन । त्यसमध्ये सवैभन्दा वढि खाद्यान्न तथा दलहन प्याकेजिङ साथै दुध तथा दूग्धजन्य वस्तु उत्तपादन सम्वन्धि उधोग रहेका छन ।


कार्यालयले गतवर्ष ४६ सय ६४ खाद्य तथा दाना पदार्थको नमुना विश्लेषण गरेको छ । कोशी प्रदेसमै एकमात्र अन्तराष्ट्रिय मान्यता प्राप्त कार्यालयको अनुसन्धान प्रयोगशालावाट नमुना विश्लेषण गरिएको हो । गत महिनादेखि खाद्यतथा दाना पदार्थमा ढुसीवाट निस्कने अफलाटोक्सिन नामको विषालु रसायन परिक्षण सेवा समेत कार्यालयले विस्तार गरेको छ ।
खाद्य योगशिल क्याफिन तथा वेन्जोयीक एसिडको परिक्षण कार्य समेत पुन सुचारु गरेको र सो प्रयोगशालाले एक्रीडीटेसन तर्फका विश्लेषण क्षमता विस्तारगर्ने लक्ष्य राखेको छ ।
गत महिना कार्यालयले प्रतिवन्धित भण्डारन तथा विक्रि गरेको सचनाको आधारमा १ लाख ७२ हजार मूल्य वरावरको २२ सय केजी खेसरीको दाल समेत कार्यालयले नष्ट गरेको छ ।
कार्यालयले प्रगति विवरण सार्वजनिक गर्दै गतवर्ष ८० प्रतिशत वित्तीय प्रगती भएको र ३९ लाख रुपैया राजश्व संकलन गरेको कार्यालयका सुचना अधिकारी समेत रहनु भएको खाद्य अनुसन्धान अधिकृत सुवेदीले वताउनुभयो ।


कार्यालयका प्रमुख विजय खनालले, सुरुको ३ महिना वजेट प्राप्तीको अन्योलता विचपनि कार्यालयले तोकिएको भन्दा वढि लक्ष्य हाशिल गरेको वताउनुभयो ।
उहाले कार्यालयमा आवश्यकता अनुसार कर्मचारी नहुदापनि सेवा प्रभामा कुनै कसर वाकी नराखको भन्नहुदै उहाले उपभोक्तको गुनासो सम्वोधन, अनुगमन र प्रयोगशालावाट विश्वसनिय सेवा कार्यालयले प्रदानगर्दै आएको वताउनुभयो ।
आगामी हप्तावा लागुहुने नया खाद्य स्वच्छता गुणस्तर ऐन–२०८१ लागु गराउन तथा कार्यालयको सेवाप्रभा थप विस्तारगर्न आवश्यक जनशक्ति तथा श्रोत साधनको कमि रहेको उहाको भनाई छ ।
सो कार्यालयले कोशी प्रदेसका १४ वटै जिल्लामा सेवा प्रदान गर्दै आएको छ । कार्यालयको कोशी प्रदेसमा चारवाट डिभिजन कार्यालय रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *