सबै नेपालीलाई स्वच्छ खानेपानी पु¥याउन सरकार प्रतिबद्ध’

कुमोद अधिकारी
१४ असार,
विराटनगर । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सबै नेपाली जनतालाई स्वच्छ खानेपानी पु¥याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
जापान सरकारको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा नेपाल खानेपानी संस्थानद्वारा निर्माण हुने विराटनगर खानेपानी सुधार आयोजनाको शिलान्यासपछि आयोजित कार्यक्रममा मन्त्री राईले सबै नेपालीलाई खानेपानी पु¥याउन एक घर एक धाराको अवधारणा सरकारले ल्याएको बताउनुभयो ।
सरकारको यो अभियानलाई सफल बनाउन तीनै तहको सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
मन्त्री राईले जापान सरकारको अनुदानमा खानेपानी आयोजना सञ्चालन हुन लागेकोमा खुशी व्यक्त गर्दै आयोजना सफल बनाउन विराटनगरवासीको सहयोग आवश्यक रहेको बताउनुभयो ।
मन्त्रालयका सचिव सुरेशकुमार आचार्यले आयोजना सम्पन्न भएपछि विराटनगरवासीले स्वच्छ र गुणस्तरयुक्त पानी पिउन पाउने बताउनुभयो ।
विराटनगर महानगरपालिकाका उप–प्रमुख शिल्पा निराला कार्कीले विराटनगरको गौरवको रुपमा रहेको आयोजना सफल बनाउन महानगरको निरन्तर सहयोग रहने बताउनुभयो ।
कार्यक्रमा नेपाल खानेपानी संस्थानका निमित्त महाप्रवन्धक त्रीदिपकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थान संचालक समितिका अध्यक्ष गुणाकर भुसाल, कोशी प्रदेस प्रदेससभा सदस्य गयानन्द मण्डल तथा विराटनगर महानगरपालिका वर्डा न १ का वर्डा अध्यक्ष काजीवहादुर वस्नेतले आयोजना समयमा सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा जाइका नेपाल अफिस रिप्रेजेन्टीज अकिमित्सु ओकुवो तथा जापनिज राजदुतावासका प्रतिनिधि ताकाहिरो तामुराले आयोजनाको उदेश्य र महत्ववारे वोल्नु भएको थियो ।
विराटनगरमा शुरु हुन लागेको सो खानेपानी आयोजनाका निर्माण लागत २ अर्ब २९ करोड १० लाख जापानी यान रहेको छ । जापानको सिमिजु कर्पोरेटले निर्माण गर्न लागेको आयोजना २०२६ को ३१ मे मा सम्पन्न हुने छ ।
आयोजनाको ठेक्का सम्झौता २०२४ को अप्रिल २६ मा भएको थियो आयोजना सम्पन्न भएपछि १ लाख जनसङ्ख्या लाभान्वित हुने र विराटनगरको १९ वटा वडामध्ये १ देखि १६ नम्बर वडासम्म आयोजना विस्तार हुने नेपाल खानेपानी संस्थान संस्थागत सेवा महा –शाखा प्रमुख कमल थापाले बताउनुभयो । आयोजना सञ्चालनमा आएपछि दैनिक २ करोड लिटर पानी उत्पादन र फिल्टर हुने जनाइएको छ । विराटनगरमा पटक पटक खानेपानीको समस्या हुन थालेपछि जाइकाको सो आयोजना सञ्चालन हुन लागेको हो ।
यसैगरि जापान सरकारको अनुदानमा पोखरामा ४ अर्ब ८१ करोडको लागतमा खानेपानी आयोजना निर्माण भएको र सो आयोजना हस्तान्तरण हुने क्रममा रहेको महाशाखा प्रमुख थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *