कुमोद अधिकारी विराटनगर
२६ चैत,
नेपाल सार्वजनिक सेवा कर्मचारी संघको कोशी प्रदेस स्तरिय अन्तरक्रिया एंव छलफल कार्यक्रम सम्पन्न भएको छ । संघले विराटनगरमा संघमा आवद्ध कर्मचारीहरुलाई सहभागि गराएर प्रदेस स्तरिय सार्वजनिक सेवाका अवसर तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा सार्वजनिक सेवाक्षेत्रका कर्मचारीको सरोकारका विषयमा छलफल गर्दै त्यस्ता विषयलाई संवोधनगर्ने कुरामा गहन छलफल भएको नेपाल सार्वजनिक कर्मचारी संघका कोशी प्रदेसका अध्यक्ष प्रकास सापकोटाले वताउनुभयो ।
सो अवसरमा वोल्नु हुदै कार्यक्रमका प्रमुख अतिथि एंव नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका उपाध्यक्ष ज्योती कोइरालाले जुनसकै आस्था र विचार वोकेपनि आफनो हक अधिकारका विषयमा सवै कर्मचारी एक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल सार्वजनिक सेवा कर्मचारी संघका राष्ट्रिय अध्यक्ष राजेन्द्रप्रसाद दाहालले कर्मचारीको हक हितका विषयमा वोल्नु भएको थियो ।

कार्यक्रममा,संघका एनटीसी डव्लुयुका केन्द्रिय सदस्य विद्याप्रसाद काफले,संघका पुर्व कोशी प्रदेस अध्यक्ष सविन दाहाल,, नेपाल सार्वजनिक सेवा कर्मचारी संघका कोशी प्रदेस सचिव ललित रन्जन कर्ण, ट्रेड युनियन कांग्रसका उमानाथ आचार्य तथा मदन वराल लगायतले आफनो हक हितका लागी राष्ट्रसेवक कर्मचारी विचको एकतामा जोड दिनु भएको थियो ।
कर्यक्रममा संघसंग आवद्ध जिल्ला प्रदेस तथा प्रतिष्ठानमा आवद्ध अध्यक्ष तथा प्रतिनिधिको सहभागिता थियो । कार्यक्रमा रेडियो नेपाल, गोरखापत्र, नेपाल टेलिकम, विद्यूत प्राधिकरण, आयल निगम लगायतका कार्यालयका कर्मचारीको सहभागिता थियो ।
यस अघि संघले विराटनगरमा कोशी प्रदेस स्तरिय कर्मचारीको महिला भेला समेत आयोजना गरिएको थियो । सो अवसरमा संघका संघका केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद दाहाल वरिष्ठ उपाध्यक्ष प्रमिला ढुंगााना महिला उपाध्यक्ष गंगा भण्डारी लगायले वोल्नु भएको थियो । यसैगरी अर्को शत्रमा संघले आफनो पुर्ण वैठक समेत सम्पन्न गरेको प्रदेस अध्यक्ष प्रकास सापकोटाले वताउनुभयो ।