कुमोद अधिकारी
७ चैत,
मोरङको बुढीगंगा–२ स्थित थारू संग्राहलय भवन बौराहामा बुधबार थारू कल्याणकारी सभा मोरङको १० औं जिल्ला अधिवेशनको कार्य समितिको निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचनकालागि बारम्बारको मिति सारिएपनि ७ चैतमा निर्वाचन हुने भनी निर्वाचन अधिकृत जयराम पंजियारले सार्वजनिक सूचना प्रकासित गर्नु भएको थियो । तर सभाको मोरङ अध्यक्षमध्येका एक उम्मेदवार प्रदिपकुमार भगत थारूले एक पक्षीय ढंगबाट अमुक समूहलाई फाइदा पु¥याउने गरी संचालन गरिने निर्वाचन आफूलाई मान्य नहुनेभन्दै बहिष्कार गर्नु भएको थियो ।
थारूले सभाको केन्द्रिय कार्य संचालन समितिको बैठकबाट अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गर्न र आफूलाई कार्यसमिति मोरङको जिल्ला अध्यक्ष तोकिएको अवस्थामा बलजफ्ती निर्वाचन गराउन खोज्नु भनेको विधान सम्मत नभएको र अवैध रहेको बताएका थिए । उहाले सभाको केन्द्रिय कार्यालयबाट प्राप्त पत्र निर्वाचन स्थलमा पनि टाँस गरिएको दावी गर्नु भएको थियो ।

तर निर्वाचन अधिकृत पंजियारले केन्द्रबाट पत्र आएको भन्ने कुरा हास्यास्पद रहेको बताए । उनले त्यस्तो पत्र त आफूले पनि पाउनु वा बुझाउनु पर्ने थियो, त्यो प्राप्त नगरेको बताउनुभयो । उहाले निर्वाचन गराउन उच्च अदालत, जिल्ला अदालतको आदेश र प्रशासनको सहमतिमा निर्वाचन गराएको बताउनुभयो । उहाले आफू कुनै समूहमा आवद्ध नभएको र यो मान्छे मेरो वा तेरो भन्ने नभएको बताउनुभयो ।
पंजियारले आफूले केन्द्रबाट कुनै आधिकारीक पत्र नपाएको स्पष्ट पार्दै निर्वाचन सहज परिस्थितिमा र विवादरहित भएको बताउनुभयो । कुनै एक व्यक्तिले बहिष्कार गर्दैमा निर्वाचन नविथोलिने र निर्वाचनबाट विजयी उम्मेदवारले नै वैधानिकता पाउने उहाको भनाई थियो ।
अध्यक्षका अर्का दावेदार प्रदीपकुमार विश्वासले समग्रमा मोरङका थारू मतदाताहरू परिवर्तनको पक्षमा रहेको बताउदै नेतृत्व फेर्नु पर्छ भन्ने चाहना प्रवल भएको हुनाले निर्वाचन संचालन गरिएको स्पष्ट पार्नुभयो । उहाले निर्वाचन बीनाकुनै कारण ६÷६ पटक रोकिएको हुनाले मतदातापनि आजित भएको र मतदाताबाट पनि अतिशिघ्र निर्वाचनको माग गरिएको उल्लेख गर्नुभयो ।

विश्वासले केन्द्रको पत्र मान्य हुने लायकको नभएको बताउनुभयो । उहाले केन्द्रमा पनि विघटन भइसकेको र पत्रको कुनै माइन्यूटिङ नभएकोले वैधानिकता नराख्ने बताउनुभयो । विश्वासले ३–३ पटक केन्द्रिय पार्षद भइसकेको बताउनुभयो । उहाले केन्द्रले निर्वाचन अधिकृतका रूपमा पुनित चौधरीलाई खटाई सकेपछि असार ८ र ९ गते को अधिवेशनबाट हुन लागेको निर्वाचन किन रोकेको र अर्को मिति किन नतोकेको भन्दै प्रश्न गर्नुभयो ।
पुनितको साटो पंजियार निर्वाचन अधिकृत भएर मोरङ आएपछि उनलाईपनि विभिन्न लाञ्छाना लगाइएको विश्वासको कथन थियो । पंजियारले जसरीपनि निर्वाचन गराई छाड्ने अठोट गरेपछि केहि व्यक्ति अदालत गएको तर अदालतले निर्वाचन सम्पन्न गर्नु गराउनु भने पछि सौर्हादपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको जानकारी दिनुभयो ।
मतदाता लेटाङकी मञ्जु चौधरीले आफूलाई विवाद बारे थाह नभएको बताउदै जसले जितेपनि थारूको हक, हित र कल्याणकालागि इमान्दारितापूर्वक काम गर्नु पर्ने उल्लेख गर्नुभयो
१ अध्यक्ष, अनिवार्य १ महिलासहितको ३ उपाध्यक्ष, १ सचिव, १ सह सचिव, १ कोषाध्यक्ष र १४ सदस्यकालागि निर्वाचन गरिएको थियो । थारु कल्याणकारी सभा मोरङमा २७२ मतदाता रहेका छन् ।