असोज २८ शुक्रवार
प्रतिनिधिसभा सदस्यमा मोरङ क्षेत्र न ५ मा स्वतन्त्र उमेदवारी दिनु भएको योगेन्द्र मण्डल जोगीले शिक्षा, स्वास्थ्य, कृषि तथा युवा स्वरोजगार निर्वाचनको आफनो मुल एजेन्डा रहेको शताउनु भएको छ ।
आफनो निर्वाचन क्षेत्र कटहरीमा आज आयोजीत पत्रकार सम्मेलनमा मण्डलले जनतालाई केन्द्रविन्दुमा राखेर आफुले स्वतन्त्र उमेदवारी दिएको वताउनुभयो ,। लामो समयदेखी यो क्षेत्रमा समाजसेवा तथा जनताको सुख दःुख मा साथ दिदै आएकाले यसक्षेत्रका जनताको मन जितेको उहाँको भनाई थियो
मोरङ क्षेत्र न ५ सवै जातजाती समुदायहरुको मिश्रित वसोवास रहेको क्षेत्र हो र यो क्षेत्रमा प्रसस्त उव्जाउ र उर्भरा जग्गा रहेकाले चुनाव जितेपछि यस क्षेत्रको कृषिमा आमुल परिवर्तन ल्याउने उहाको दावी थियो ।
क्षेत्र न ५ मा कृषि तथा पशुपालनको प्रचुर संभावना रहेकाले यसक्षेत्रमा कृषि उधोग स्थापना गरेर त्यस्को सहि सदुपयोग गर्दै युवाहरुलाई स्वरोजगार वनाउने उहाको भनाई थियो । घरवार विहिन हरुलाई घरको व्यवस्था , कृषिमा आधुनिकिकरण सजह मल विउको व्यवस्था हुन सके किसानको उन्नती हुने मण्डलको भनाई थियो ।
यो क्षेत्रमा मेरो घर छ यसक्षेत्रका सवै मानिसलाई चिनेको छु र यस क्षेत्रमा के समस्या छ मलाई थाहा छ, त्यस कारणपनि पार्टीले टिकट नदिएपनि स्वतन्त्र उमेदवारीका लागी यसक्षेत्रका जनताले दवाव दिएको र जनताको सेवक भएर आफुले काम गर्न चाहेको उहाले वताउनुभयो ।
उहाले आफु स्वतन्त्र भएर उठेपनि वा दलको उमेदवार भएर उठेपनि निर्वाचित भएपछि देश र जनतजनताको हितमा काम गर्ने भएकाले मंसिर–४ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनामा जनताले आफुलाई न्याय दिने विश्वास गर्नुभयो ।