कुमोद अधिकारी, विराटनगर
माघ, १० बुधवार
पिताजी कृष्णप्रसाद कोइराला स्मृतिपरिषद विराटनगरले पुर्व प्रधानन्यायधिश कल्याण श्रेष्ठलाई मंगलवार सम्मान गरेको छ । प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले उहाँलाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभयो
सो अवसरमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधानले दिएको अधिकार कार्यान्वयन हुन नसक्दा संघीयता माथी चौतर्फी प्रहार भइरहको बताउनुभयो ।
उहाँले संघीयताप्रती जनविश्वास बढाउनु आवश्यक रहेको बताउँदै त्यसका लागि संघले प्रदेश र स्थानियतहको अधिकार तलसम्म पु¥याउनुपर्ने उल्लेख गर्नुभयो ।
नेता कोइरालाले मुलुकको आर्थिक,समाजिक, धार्मिक तथा राजनितिक अवस्था समेत ठिक ठाउँमा नभएका कारण मुलुकमा अस्थिरता र भ्रष्टाचार बढेकाले त्यसतर्फ दलहरु गंभिर हुनुपर्ने बताउनुभयो ।
उहाँले पिताजी कृष्णप्रसाद कोइरालाले राणाकालिन अवस्थामा राणाहरुसंग विद्रोह गरेकै कारण नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएको बताउनुभयो । सामाजिक परिवर्तनका बाटो अपनाएर गलत कुरामा असहमती जनाउँदै पिताजीले राणासंग विद्रोह गरेको उहाँले चर्चा गर्नुभयो ।
कार्यक्रमा पुर्व–प्रधानन्यायधिश श्रेष्ठले राणाकालिन अवस्थामा विद्रोह गरेर प्रजातनत्र स्थापनका लागि महत्वपुर्ण योगदान पु¥याउने पिताजी कृष्णप्रसाद कोइरालाको नाममा पाएको सम्मानले आफुलाई हर्षित बनाएको बताउनुभयो ।
अहिलेको संविधान परिमार्जन गर्दै राजनितिक दलहरुले जनताको जिवन शैलीमा सुधारगर्नु आवश्यक रहेको उहाँको भनाई थियो ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले आर्थिक सामाजिक तथा राजनितिक क्षेत्रमा मात्र नभएर शैक्षिक क्षेत्रमा समेत पिताजी कृष्णप्रसाद कोइरालाको भुमिका महत्वपुण रहेको चर्चा गर्नुभयो ।
कृष्णप्रसाद कोइरालाले विराटनगरको विकासमा जोड दिएको भन्नुहुदै पिताजी कृष्णप्रसाद कोइरालाले आदर्श विद्यालय विराटनगर जुटमिल, कालीमन्दीर तथा अडा अदालतको स्थापना गरेको मेयर कोइरालाको भनाई थियो ।
कार्यक्रमा परिषदका अध्यक्ष प्राध्यापक कविराज न्यौपाने,नेपाली कांग्रेस विराटनगर नगर सभापति दिपक चापागाई लगायतले पिताजी कृष्णप्रसाद कोइरालाको योगदानको विषयमा चर्चा गर्नु भएको थियो । ।