कटहरी गाउपालिका द्धारा व्रेथलाइजर मेशिन हस्तान्तरण

कुमोद अधिकारी विराटनगर
पुस २६ विहिवार
मोरङको कटहरी गाउपालिकाले जिल्ला ट्रैफिक प्रहरी कार्यालय मोरङलाई आज एकथान व्रेथलाइजर मेशिन हस्तान्तरण गरेको छ । मादक पर्दाथ सेवन मापसे चेकजाचमा प्रयोग हुने सो मेशिन पालिकाले हस्तान्तरण गरेको हो ।
गाउपालिकामा एक कार्यक्रमको आयोजना गरि गाउपालिका अध्यक्ष देवराज चौधरीले ट्राफिक प्रहरी कार्यालय मोरङका सहायक प्रहरी निरिक्षक श्यामदेव यादवलाई मेशिन हस्तान्तरण गर्नुभयो ।
ट्राफिक व्ववस्थापनमा सहज होस भन्ने उदेश्याले मेशीन हस्तान्तरण गरिएको पालिका अध्यक्ष चौधरीले वताउनुभयो । पालिकाले १ लाख २८ हजार ३ सय रुपैयामा मेशिन खरिद गरेको पालिकाका प्रमुख प्रसासकिय अधिकृत मनोजकुमार साहले वताउनुभयो ।


मादक पदार्थ सेवन चेकजाचको क्रममा सवारी चालकले मेशिनमा फुकेपछि मादक पदार्ग सेवन गरेको नगरेको थाहा पाइन्छ ।
यो सहित मोरङ जिल्लामा मापसे चेकजाचका लागि चारवटा मेशिन प्रयोगमा आउने प्रहरी सहायक निरिक्षक यादवले वताउनुभयो । यस अघि ट्रैफिक प्रहरी कार्यालयलाई विराटनगर महानगरपालिकाले एकथान व्रेथलाइजर मेशिन हस्तान्तरण गरेको थियो ।
दुइवटा पुर्व–पश्चिम राजमार्गमा तथा अव दुइवटा व्रेथलाइजर मेशिन विराटनगर सहित हुलाकी राजमार्गमा सवारी चालक चेक जाचमा प्रयोगमा आउने भएको छ । सवारी दुर्घटना न्युनिकरण गर्दै ट्रफिक व्यवस्थापन सहज वनाउन प्रहरीले मापसे चेकजाच गर्दै आएको छ ।
मेशिन विग्रेपछि वनेर समयमा नआउने समस्याले आवश्यक स्थानमा अझैपनि मापसे चेकजाच गर्न नसकिएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *