कोशी अस्पतालका विरामीलाई कम्वल वितरण

कुमोद अधिकारी विराटनगर
पुस २५ वुधवार
विराटनगर स्थित नरसेवा नारायण सेवा समितिले कोशी अस्पतालका विरामीका लागि कम्वल हस्तान्तरण गरेको छ । अस्पतालमा आज आयोजित कार्यक्रममा समितिले अस्पतालको आकस्मिक वार्डका विरामीका लागि ४१ थन कम्वल हस्तान्तरण गरेको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन डा चन्द्रभाल पाललाई समितिका अध्यक्ष पृथ्विकुमार अग्रवाल तथा देवकीनन्दन अग्रवालले कम्वल हस्तान्तरण गर्नु भएको थियो ।
समितिले अस्पतालका विरामीका कुरुवाहरुलाई निशुल्क भोजन समेत गराउदै आएको छ । समितिले गएको विजया दश्मीको घटस्थापना देखि दैनिक २ सय ८० भन्द्या वढि विरामीका कुरुवालाई विहानको एक छाक निशुल्क भोजन गराउदै आएको छ । त्यसैगरि समितिले विरामी र विरामीका कुरुवकाहरुलाई विहान एक कप चिया र विस्कुट समेत वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *