प्रधानमन्त्रीद्वारा इनरुवा सबस्टेसन समुद्घाटन

 पुस ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत प्राधिकरण इनरुवा सुनसरीको विद्युत् सबस्टेसनको समुद्घाटन गर्नुभएको छ ।

शुक्रबार इनरुवाको भोक्राहा नरसिंह गाउँपालिका– ४, मा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले इनरुवा सबस्टेसन ४००/२२०/१३२/३३ केभी  सबस्टेशन समुद्घाटन गर्नुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने सुनौलो दिन छिट्टै आउन लागेको बताउनुभयो । कार्यकाल एक वर्ष पूरा गरेकाले अब केही ऐतिहासिक र महत्वपूर्ण निर्णय गर्न लागेको उहाँको भनाई थियो ।

देशमा केही नभएको भन्दै निराशाको मात्र खेती र चर्चा बढी हुने गरेको अवस्थामा यस्ता ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले आशाको सञ्चार गराएको उल्लेख गर्नुभयो ।

आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको भन्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘त्यतिबेला सहरी क्षेत्रमा लोडसेडिङ थियो तर देशका धेरै गाउँबस्तीहरु अँध्यारोमै थिए, अहिले करिब ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ, आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गरिनेछ ।’

केही ऐतिहासिक र महत्वपूर्ण निर्णय गर्न लागेको बताउँदै कार्यकालको एक वर्ष पुरा भएकाले अब विकासका र सुशासनका लागि ज्यान दिएर काम गरिने उहाँको भनाई थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *