दीगो शहर निर्माणका लागि बृहत्तर सहकार्य आवस्यक मेयर कोइराला

कुमोद अधिकारी विराटनगर
पुष ५ विहिवार
बिराटनगर महानगरपालिकाका प्रमूख नागेश कोइरालाले शहरी पुर्वाधार विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा आर्थिक सामाजिक विकासका लागि बृहत्तर सहकार्य आवस्यक रहेको बताउनु भएको छ ।
कोशी प्रदेशको राजधानी बिराटनगर महानगरपालीका क्षेत्रको भू–उपयोगको अवस्था तथा दीगो शहरका सूचक तथा मापदण्ड सम्वन्धी आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमूख कोइरालाले सो धारणा व्यक्त गर्नुभएको हो ।
आर्थिक सामाजिक विकासका लागि तथ्यमा आधारित योजना आवस्यक पर्ने र भू–उपयोग योजना निर्माण, भूमीको बर्गीकरण र उपयोग सम्वन्धी मापदण्ड निर्माण र प्रभावकारी कार्यान्वयनले मात्र दीगो शहरका मापदण्ड पुरा गर्न सक्ने अवस्थामा महानगरपालिकालाई पु¥याउन सकिने उहाँले बताउनु भयो ।
कार्यक्रममा भू–उपयोगको सैद्धान्तिक अवधारणा र ऐतिहाँसीक पृष्ठभूमिबारे कार्यपत्र प्रस्तुत गर्दै शहरी नियोजक एवं कम्युनिटी इन्गेजमेन्ट्स् एण्ड आउटरिचका निर्देशक जयजीव हाडाले भू–उपयोग योजना भूमिको अव्यवस्थित उपयोग रोक्न र स्थानीय तहको दिर्घकालीन सोच तथा लक्ष्य अनुरुप भूमिको प्रयोग हुने कुराको सुनिश्चिताका भूमिको बर्गीकरण, बर्गीकरण अनुसार सम्वन्न्धीत प्रयोजनामा भूमिको उपयोग गर्ने सम्वन्धी कानुन तथा मापदण्ड निर्माण र कार्यान्वयन तथा भवन निर्माण अनुमती प्रणालीलाई एकीकृत रुपमा अघि बढाउन सकेमा मात्र भू–उपयोग योजना निर्माणको औचित्य पुरा हुन सक्ने बताउनुभयो ।
स्थानीय तहहरूले जग्गाको कित्ताकाट खोल्नका लागी मात्र भूमीको बर्गीकरण गर्ने कार्य सुखद नभएको उहाले बताउनु भयो ।
कार्यक्रममा बिराटनगर महानगरपालिकामा रहेको भू उपयोग असामाञ्जस्यता सम्वन्धी अध्ययन प्रतिवेदन प्रस्तुत गर्नु हुँदै शहरी नियोजक आयुष जङ्ग थापाले बिराटनगर क्षेत्रमा ढूला उद्योगको संख्या कम हुँदै गएको भए पनि उद्योग र बस्ती तथा उद्योग र नदीका विचमा भू–उपयोगको उल्लेख्य समस्या रहेको बताउनु भयो ।
बिरटानगर महानगरपालिका दुई तर्फबाट बग्ने सिंघिया र केसलिया नदीमा उद्योगिक प्रदुषण र नदी आसपासको अव्यवस्थित बसोबासका कारण जलजीवन तथा मानव स्वास्थ्य दुवैमा असर परेकोले भू–उपयोग योजना मार्फत सुधारका लागि कदम चाल्नुपर्ने उहाले बताउनु भयो ।
कार्यक्रममा दीगो विकासका सूचक सम्वन्धी अध्ययनर विष्लेषण प्रतिवेदन प्रस्तुत गर्दै निअर्सका कार्यसमिति सदस्य एवं पुल्चोक इन्जीनियरिङ क्याम्पसमा शहरी योजना विषयमका संयोजक डा. अजयचन्द्र लालले कोशी प्रदेशको राजधानी रहेको विराटनगर महानगरपालिका दीगो विकासका सूचकका आधारमा औषत अवस्थामा रहेको बताउनु भयो ।
उहाले पुर्वाधार विकास, समावेशी आर्थिक विकास, सामाजिक न्याय, विपद् व्यवस्थापन, जलवायु परिवर्तन र उत्थानशिलता जस्ता पक्षलाई एकीकृत रुपमा विश्लेषण गर्ने पद्धती विकास गरेर मात्रकुनै पनि शहरले आफ्नो दीगोपनको लेखाजोखा गर्नसक्ने बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निश्चित भू भागमा अधिकतम उद्योग वाभवनको संख्या, प्रकृति, मापदण्ड आदि निर्धारण गर्न सकेमा मात्र भू उपयोगको समस्या समाधान हुनसक्ने बताउनु भयो । उहाँले उद्योग स्थापना गर्न दिने र सोही स्थानमा आवासीय भवन पनि बनाउन दिने प्रबृत्री नरोकिएकोले समस्या उत्पन्न भएको बताउनु भयो ।
राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेलले आवधिक योजना, एकीकृत शहरी विकास योजना तथा वार्षिक विकास कार्यक्रम मार्फत दीगो विकास, भू–उपयोग तथा उत्थ्यानशीलता प्रवद्र्धनका सवला सम्वोधन गर्नुपर्ने बताउनु भयो ।
आन्तरिक मामिला मन्त्रालय अन्तर्गत भूमि व्यवस्था विभागका प्रमूख डम्बर बरालले भू–उपयोग योजना निर्माणलाई स्थानीय तहको लक्ष्य भन्दा पनि कित्ताकाट खोल्ने तात्कालिन प्राथमिकताका रुपमा हेरिदा सबै क्षेत्रलाई आवाशीय क्षेत्र तोक्ने प्रतिस्पर्धा बढेको भन्दै असन्तुष्टी व्यक्त गर्नुभयो । अन्तरक्रिया कार्यक्रम द एशीया फाउण्डेशनको सहयोगमा इन्स्टीच्युट भर अर्वान एण्ड रिजनल स्टडीज (निअर्स) कम्यूनीटी इन्गेजमेन्स् एण्ड आउटरिच प्रालिले संयुक्त रुपमा आयोजना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *