ट्राफिक सचेतना अभियान थप प्रभावकारी बनाइने , प्रहरी उपरीक्षक पौडेल

भोजराज घिमिरे, असोज १६
विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षातथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एंव प्रहरी उपरीक्षक सरोज पौडेल र जिल्ला ट्रफिक कार्यालय मोरङका प्रमुख सुमन न्यौपानेलाई सम्मान एंव स्वागत गरिएको छ ।
विराटनगरमा आयोजित कार्यक्रममा सामुदायिक प्रहरी सेवाकेन्द्र तिनपैनी, थारु कल्याणकारीणी सभा विराटनगर समिति आदीवासी जनजाती महासंघ कटहरी तथा श्रीहरि सत्संघ समिति नेपालले सयुक्त रुपमा उहाहरुलाई सम्मान गरेको हो ।
सामुदायिक प्रहरी केन्द्रकि अध्यक्ष मिना जोशी ,सामुदायिक प्रहरी केन्द्रका उपाध्यक्ष एंव पुर्व प्रहरी उपरीक्षक विद्यानन्द माझी,सल्लाहकार एंव उधोगी समाजसेवी नन्दकिसोर राठी, श्री हरि सत्संग समितिका अध्यक्ष भिखमचन्द सरल लगायतले उहाहरुलाई स्वागत एंव सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।


कार्यक्रममा बोल्नुहुदै प्रहरी उपरिक्षक पौडेलले ट्राफिक व्यवस्थापन, राजमार्ग सुरक्षा लगायत आफुले पाएको जिम्मेवारीलाइ गंभिरताका साथ पुरागर्ने बताउनुभयो । ट्राफिक व्यवस्थापनका विषयमा कार्यालयले ट्राफक सचेतना अभियान संचालन गरिरहेकाले आम नागरिक यस विषयमा सचेत हुनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *