एमाले कोशी अध्यक्षमा खतिवडा निर्वाचित

नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा विजयीहुनुभएको छ ।

प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित हुँदा पदाधिकारीमा पनि उहाँकै प्यानलका सबै निर्वाचित भएका छन।

सोमबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार खतिवडाले ५१२ मत पाउनुभएको छ । विनोद ढकालले ४३० मत प्राप्त गर्दा ३५ मत बदर भएको थियो ।

सचिवपदमा पाँचथरका राजकुमार भण्डारी ५२४ मतसहित विजेता बन्दा उहाँका प्रतिस्पर्धी उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गर्नुभयो ।

उपसचिवमा खोटाङका देवान राई ६२८ र झापाकी जलवर्षा राजवशी ६१० मतका साथ विजेता बन्नुभएको हो । उपाध्यक्षमा यसअघि नै धनकुटाका टीकराम चेम्जोङ निर्विरोध निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *