भाद्र ३० शनिवार
सुनसरी देवानगञ्ज गाउँपालिका–५ साहेवगञ्जका ओमप्रकाश शाहले आप्फ्नो दिदी भिनाजू तथा भान्जा भान्जीलाई दिएको रकम फिर्ता नदिएको भन्दै जिल्ला अदालत मोरङमा मुद्धा दर्ता गराएका छन ।
विराटनगरमा शनिवार पत्रकार सम्मेलन गरी उदयपुर चौदण्डीगढी नगरपालिकाका बस्ने दिदी गीता शाह भिनाजु सुरेन्द्र शाह र भान्जा सन्जय शाहलाई पटकपटक गरि चेकमार्फत २१ लाख रुपैया दिएकोमा अहिले सो रकम फिर्ता गर्न नमानेपछि अदालतमा मुद्धा दिएको बताए ।
अति विपन्न तथा आर्थिक अवस्था कमजोर भएको भन्दै भान्जाभान्जीको शिक्षा आर्जन गर्नका लागि ११ पटक गरी सो रकम दिएको शाहको भनाई छ । सातवर्ष अघि दिदी भिनाजुका परिवारको सल्लाहमा आफुले खेत विक्रि गरेर सो रकम दिएको र अहिले बदनियतपूर्ण रुपमा रकम दिन नमाने पछि कानूनी उपचारमा आफु जान बाध्य रहेको उनले बताए ।
दिदी भिनाजूका सबै परिवार अहिले आर्थिक रुपले सम्पन्न भइसक्दा पनि रकम फिर्ता माग्दा आलटाल गरेपछि जिल्ला प्रहरी कार्यालयमा समेत आफुले उजुरी दिएको उनको भनाई छ ।