प्रधानमन्त्रीले दिए क्रिकेट टिमलाई जितको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जितका लागि शुभकामना दिएका छन्।

बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जितका लागि शुभकामना व्यक्त गरेका हुन्।

प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए।

भर्चुअल बैठकमा नेपाली टिमका कप्तान रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुत हुने प्रधानमन्त्रीलाई जानकारी गराए।

नेपालले आज बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *