धरानमा डेंगुबाट चार जनाको मृत्यु, बी।पी। प्रतिष्ठानमा छुट्टै वार्ड सञ्चालन

साउन ८ गते । बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा डेंगु रोगको प्रकोप बढ्दै गएपछि छुट्टै डेंगु वार्ड सञ्चालन भएको छ । हालसम्म बीपी प्रतिष्ठानमा डेंगु प्रकोपका कारण ४ जनाको मृत्यु भएको बीपी प्रतिष्ठानका सह प्रवक्ता डा।पोखरेलले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा जेठ २३ गते धरान १७ की ३० वर्षीया एक महिला, असार १५ गते धरान ११ की ४० वर्षीया एक महिला, साउन २ गते धरान ११ का ८० वर्षीय वृद्ध र धरान १८ की ८४ वर्षीया वृद्धाको मृत्यु भएको बताउनुभयो ।
धरानलगायत सुनसरी जिल्लाको वरपरका अन्य जिल्लामा व्यापक रुपमा डेंगु फैंलिदै गएपछि नियन्त्रण तथा सर्वसाधारणले सहज रूपमा उपचार गराउन बीपी प्रतिष्ठानको कोभिड अस्पताल भवनमा ३० बेडको डेंगु वार्ड सञ्चालनमा ल्याएको बीपी प्रतिष्ठानका सह प्रवक्ता डा। चुरामणि पोखरेलले बताउनुभयो ।
उहाँको अनुसार असार २९ गते देखी साउन ७ गतेसम्ममा ८ सय १९ जनाको परीक्षण गर्दा ६ सय १५ जनामा अर्थात् ७५ प्रतिशतमा डेंगु सङ्क्रमण देखिएको जानकारी दिनुभयो । बीपी प्रतिष्ठानमा दैनिक ३०–३५ जनामा डेंगी देखिने गरेको छ । धरान ११, १५, १७ र १८ मा डेंगीको प्रकोप बढी देखिन्छ । ती वडाबाट आएका बिरामीको सङ्क्रमण बढ्दा परीक्षण गरिएकाहरूमा ९० प्रतिशतसम्म सङ्क्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *