कोशी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ ग्रहण गसाएका हुन् । माओवादीले मन्त्रीका लागि नाम सिफारिस नगर्नुका साथै शपथ ग्रहण कार्यक्रममा उपस्थित पनि नभएपछि मुख्यमन्त्री थापाले कांग्रेसले प्रदीपकुमार सुनुवार, नेकपा ९एकीकृत समाजवादी० का कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका छन् ।
माओेवादी केन्द्रका जीवन आचार्यलाई मन्त्री नियुक्त गरी शपथ ग्रहणको तयारीमा रहेका बेला माओवादीमा विवाद चर्केकोले शपथ ग्रहणमा उपस्थित नभएको एक प्रदेश सांसदले बताए । माओेवादीका आचार्य प्रधानमन्त्री पुष्पकमल दाहालका कान्छा ज्वाइँ हुन् । यसअघि पनि एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा आचार्य पर्यटन, वन तथा वातावरणमन्त्री भएको भन्दै अन्य सांसदहरूले विरोध गरेमा थिए । माओवादीमा आचार्यलाई मन्त्री बनाउन नहुनेको संख्या बढी भएकाले विवाद भएको एक प्रदेश सांसदले बताए ।
थापाले गठबन्धनमा रहेका प्रत्येक दलबाट एक–एक जना मन्त्री नियुक्त गरेर मन्त्रिमण्डल गठन गरी शपथ ग्रहण गर्ने तयारी गरेका थिए तर जनता समाजवादी पार्टीले पहिचान पक्षधरको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएपछि दुई जना मन्त्रीसहित तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।