प्रभावकारी वन्दै सहज परियोजना , कृषि उत्तपादन र वजारीकरणमा जोड

कुमोद अधिकारी विराटनगर
असार २० वुधवार
सहज च्यालेन्ज फण्ड परियेजनाले नविनतम उत्तपादन विकास गुणस्तर सुधार तथा पर्यावरणीय र वातावरणीय पहल सम्वन्धि सेवा प्रदानगर्ने सेवा प्रदायकसंग आवेदन माग गरेको छ । परियोजाले च्यालेज् फण्ड ४ र ५ अन्तर्गत नविनतम उत्पादन तथा गुणस्त सुधाकारलागी आवेदन माग गरेको हो ।
परियोजनाले उत्तपादन विकास र गुणस्तर सुधार तथा जलवायु पर्यावरण स्थायित्व समामधानका लागि सम्वन्धि सेवा प्रदायकहरुवाट नविनता समावेसीता र सह–वित्तिय सम्भावना भएका संस्थाहरुको प्रस्ताव खाजीका लागि प्रस्ताव आव्ह्रान गरेको हो ।

स्विस एजेन्सी फर डेभलप्मेन्ट एण्ड कोअपर्सन एसीडीसी को सहयोगमा संचालीत यस कार्यक्रममले नेपाल कृषि बजार विकास (एन.ए.एम.डी.पी.तथा सहजले नेपालको ग्रामीण जनसंख्यामा आय र रोजगारी वृद्धिलाई उत्प्रेरित गरेर नेपालमा समृद्ध र समावेशी कृषि क्षेत्र निर्माण गर्ने लक्ष्य राखेको छ ।

हाल डेरी, मकै, अलैंची र तरकारीको मूल्य श्रृङ्खलामा नवीनतम ब्रान्डिङ,प्याकेजिङ र वितरण च्यानल सेवाका लागि आवेदकहरुको जाँच गर्दे आएको संस्थाले जनाएको छ ।
सहज च्यालेन्ज फन्डले मकै, अलैंची, दुग्ध उत्पादन र तरकारीको मूल्य श्रृङ्खलाहरुमा विद्यमान अवरोधहरु
समाधान गर्न चौथो चरणमा नवीन उत्पादन विकास तथा गुणस्तर सुधार तथा पाँचौ चरणमा पर्यायवरणीय
तथा वातावरणीय पहलहरुका सेवाहरु प्रदान गर्ने सेवा प्रदायकहरुलाई सहयोग गने कार्यक्रमको लक्ष्य रहेको एन.ए.एम.डी.पी.का कृषि सेवा प्रबन्धक शुभेच्छा श्रेष्ठले वताउनुभयो ।
परियोजनाले धेरै भन्दा धेरै सेवा प्रदायकलाई आफ्ना नविन विचार सफल व्यवसायको रूपमा विकास गर्ने अवसरको बारेमा सचेत गराउने काम गदैृ आएको उहाको भनाई छ ।

आवेदकको माग अनुसार अनुकूलित बित्तिय र प्राविधिक सहयोग मार्फत, सहज च्यालेन्ज फण्डले लक्षित
सेवाहरुमा पहुँच बढाउँदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्च स्तरको व्यावसायीकरण गर्ने लक्ष्य रहेको छ । आर्थिक मूल्य–
प्रवर्धनमा योगदान पु¥याउने लक्ष्य राखेको नेपाल कृषि वजार विकास कार्यक्रम की टिम लिडर रिमा श्रेष्ठले वताउनुभयो ।

यसै गरि एन.ए.एम.डी.पी.का गैर कृषि सेवा प्रबन्धक ब्रजेश मल्लले कृषिक्षेत्रमा विद्यमान चुनौतीहरुको
व्याख्या गर्दै जलवायु र वातावरणीय पहलहरुको दिगो समाधानको वारेमा परियोजाले काम गरिरहेको वताउनुभयो ।

उत्पादन विकास तथा गुणस्तर सुधार विज्ञ दिप्ताङ्शु थापाले नेपालको सान्दर्भिक चुनौति र सम्भावित
समाधानका बारेमा सेवाप्रभा गरिरहेको वताउनुभयो ।


परियोजनाका पर्यायवरणीय तथा वातावरणीय पहलहरुका विज्ञ विपिन बस्नेतले यस सहज च्यालेन्ज फन्डले नवप्रवर्तनको माध्यमबाट दिगो परिवर्तन ल्याउने बताउनुभयो ।
खाद्य प्रविधि तथा परमर्स सेवा प्रदायक, उत्तपादन विकास र गुणस्तर सुधारका लागि कायृरत सेवा प्रदायक संस्था, अनुसन्धान र विकास सेवा पदायक संस्था,खाद्य परिक्षण सेवा प्रदायक संस्था,व्लक चेन र जैविक प्रविधि कम्पनी तथा गुणस्तर प्रमाणिकरण सेवा प्रदायक सेवा प्रदायक सेवा संस्थाहरुले आवेदन दिन सक्ने उहाले वताउनुभयो । ।

सहज च्यालेन्ज फण्डले एउटा ससंस्थालाई .५ लाख देखि .५० लाख रकम सम्म सहयोग गर्ने जनाइको छ । संस्थाका अनुसार प्रस्तावित सेवाको माग,सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरि सहयोग रकम तोकिनेछ ।
सहज च्यालेन्ज फण्डकोचौथो चरणमा उपकरण तथा मेशिनेरी खरिदका लागि सहयोग दिइने छैन ।

यस च्यालेन्ज फण्डका लागि २०८० श्रावण ७ सम्म आवेदन दिन सकिने जनाइएको छ । आवेदनको समय सीमा
सकिएपछि पहिलो चरणको मुल्यांकन गरिनेछ र सफल आवेदकहरुलाई पूर्ण व्यवसायिक योजना बुझाउन
अनुरोध गर्ने संस्थाले जनाएको छ । ।
नेपाल कृषि बजार विकास कार्यक्रम (एन.ए.एम.डी.पी ), अर्थात सहज, स्विस कोन्टाक्ट (प्रमुख एजेन्सीको) र ऋभ्ब्एच्भ्म्
द्वारा कार्यान्वयन गरिएको र स्विस एजेन्सी फर डेभलप्मेन्ट एण्ड कोअपर्सन को सहयोगमा यो परियोजना संचालनमा आएको हो ।

सहजले सेवाहरूमा पहुँच बढाउने, कृषि व्यवसायका लागि नवप्रवर्तन समाधानहरूलाई प्रोत्साहन गर्ने र कृषि क्षेत्रको विकासलाई जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *