कुुमोद अधिकारी, विराटनगर
गर्मियामसंगै तराईका वनजंगलमा डढेलो लाग्ने जोखिम बढन थालेको छ । चैत देखी तीन महिनासम्म वनजंगल तथा तराईका ग्रामिण बस्तीका फुसका छाना भएको क्षेत्रमा डढेलो तथा आगलागीका घटना हुने गरेका छन । डडेलोका कारण वनक्षेत्र वरपर रहेका गाउँवस्तीहरु समेत जोखिममा पर्ने गरेका छन ।
वनमा डडेलो तथा आगलागीका घटना हुन नदिन डिभिजन वन कार्यालय मोरङले अभियाननै संचालन गरेर सक्रियता देखाएको छ । एउटा आगोको झिल्कोले वनजंगलमा पार्ने प्रभावको बारेमा जनमानसमा जानकारी गराउदै कार्यालयको सक्रियतामा सामुदायिक वन उपभोक्ता समुहले प्रचार प्रसारगर्ने देखि वनजंगलमा सामुहिक रुपमा गस्तिगर्ने तथा जंगल सफाई गर्ने कार्यलाई तिव्रता दिएको छ । कार्यालयले वनमा डडेलो लाग्न नदिन विभिन्न संचार माध्यम बाट व्यापक जनचेतना फैलाउने गरि सन्देश प्रवाह गरिरहेको छ ।

डिभिजन वन कार्यालय विराटनगरका प्रमुख अनिरुद्ध कुमार शाह ले वन जंगलमा डढेलो लाग्न नदिन विभिन्न जनचेतना मुलक कार्यक्रम संचालन गर्दै डडेलो नियन्त्रणका लागी कार्यालयले चारवटा टेंकर , वनरक्षक तथा अग्नि नियन्त्रण सम्वन्धि विभिन्न औजार सामाग्री तयारी अवस्थामा राखेको बताउनुभयो । मोरङका वनहरुमा डडेलो लागिहाले पनि डडेलो नियन्त्रण भन्दा बाहिर नगएको र त्यसलाई रोक्न कार्यालय संक्षम रहेको उहाँले बताउनुभयो ।
४४ हजार हेक्टर क्षेत्रफल वन रहेको मोरङ जिल्लामा रहेका १ सय ३४ वटा सामुुदायीक तथा चारवटा साझेदारी वन रहेका छन । मानवीय लार्पवाहिका कारण वनजगंलमा डडेलो लाग्ने गरेको पाइन्छ । कतिपय मानिसहरुले जानी वा नजानी यस्ता कार्यगर्दा करोडौं मुल्यका काठदाउरा जलेर खरानी हुदा वन विनाश हुने गरेका छन ।

हरियाली सामुुदायिक वनका अध्यक्ष कावुुल बहादुुर मगरले वन जंगलमा आगलागीका घटना हुुन नदिन वन उपभोक्ता समुह परिचालन गरेको बताउनुुभयो । उक्त सामुदायिक वनमा ४५ टोला रहेकोमा विहान १५ जना तथा रातीको समयमा १५ जना गरि ३० जनाले अहिले २४ घण्टा वनमा गस्ती गर्ने गर्दछन ।
त्यस्तै अमना सिसौली सामुुदायिक वनका अध्यक्ष लिला प्रसाद आचार्यले पनि डढेलो नियन्त्रण अभियानमा उपभोक्ता समुह सक्रिय भएको बताउनुभयो । १७ वटा टोला समिती, उपभोक्ता समिती तथा वन समिती परिचालन गरेर वनक्षेत्र भित्र रहेका अग्नीरेखा सरसफाई गर्ने तथा वनमा गस्ती गर्ने कार्य भइरहेको आचार्यको भनाई छ ।

डडेलो नियन्त्रण अभियान चलाएपछि वनमा आगालागी मात्र होइन चोरी तस्करी समेत नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालय मोरङसंग सिमीत साधन श्रोत भएपनि वन सुरक्षाका लागी कार्यालयले हरसंंभव प्रयास गरिरहेको पाइन्छ ।
डडेलोका कारण वन जंगलमा मात्र नभइ वन भित्र रहेका बहुमुल्य जडिवुटि तथा वन्यजन्तुमा समेत ठुलो क्षति पुग्ने भएकाले वनमा आगलागी तथा डढेलो लाग्न नदिन समयमा सावधानी अपनाउन समेत कार्यालय प्रमुख अनिरुद्ध शाहले सबैमा आग्रह गर्नुभयो ।