विराटनगर, ९ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले सङ्घीयता स्थापना भएपछि जनताले प्रत्यक्ष रुपमा विकासको अनुभूतीगर्न पाएको बताउनु भएको छ ।
नेपाल समाजशास्त्र सङ्घ काठमाडौ र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरद्वारा आज विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुदै उहाँले सङ्घीयता स्थापना पछि प्रदेशमा १५० भन्दा वढि विकास तथा पुर्वाधारका संरचना निर्माण गरि इतिहास कायम गरेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकार स्थापना पछि पाँच बर्षको अवधिमा बहुबर्षे आठ सय किलोमिटर सडक कालोपत्रे भएको आगामी दुई वर्ष भित्र थप तीन सय किलोमिटर कालोपत्रे गर्ने योजना रहेको ।
नेपालको लागि सङ्घीयता आवश्यक रहेको छ भन्नुहुदै यसको अभ्यासलाई व्यवहारिक बनाउनु पर्नेमा उहाले जोड दिनु भयो ।
सङ्घीयतामा संविधानले प्रत्याभूति गरेको अधिकार प्रदेशलाई दिनुपर्ने उहाको भनाई थियो ।
कर्यक्रमा वोल्नुहुदै गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले रोजगारी र समृद्धि कायमगर्दै जनतालाई सङ्घीयताको अनुभूति दिनुपर्ने वताउनुभयो ।
समाजशास्त्रका उपाध्यक्ष विश्वकल्याण पराजुलीले नेपालमा सङ्घीयताः अवसर र चुनौति विषय कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।