क्रिकेटर राजवंशी र कँडेललाई नगदसहित सम्मान

मोरङ, ७ चैत
नेपाल खेलकूद महासङ्घ मोरङले नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशी र दिपेश प्रसाद कँडेललाई आज विराटनगरमा नगद सहित सम्मान गरेको छ।
महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेपाललाई विश्वकप छनौटमा पु¥याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय राजवंशी र कँडेललाई जनही नगद रु २५ हजार सहित सम्मान गर्नु भएको हो ।
अध्यक्ष वस्नेतले, राजवंशी र कँडेलले नेपालको क्रिकेटलाई उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गरेको वताउनुभयो । उहाले खेल क्षेत्रको विकास र पूर्वाधार निर्माणमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
महासङ्घका मोरङ अध्यक्ष मनोज खड्का र सचिव अनन्त बस्नेतल खेलाडी राष्ट्रकै गौरव भएकाले उनिहरुलाई राज्यले सम्मान गर्नुपर्ने वताउनुभयो ।
सो अवसरमा नेपाल क्रिकेट संघको कोषाध्यक्ष रोशन वहादुर सिह, राजवंशीका वुवा आमालाई समेत सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *