कुमोद अधिकारी विराटनगर
चैत ६ सोमवार
क्रिकेट खेलाडी ललित राजवंशी र दिपेश कँडेललाई विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । राजवंशी र कँडेल दुवै विराटनगर निवासी हुन् ।
नेपाललाई विश्वकप छनौटमा पु¥याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य राजवंशीलाई महानगरले नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गर्ने भएको हो ।
त्यस्तै कँडेलले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा प्रवेश गर्न सफल भएको छ । राजवंशी र कँडेलले क्रिकेटलाई उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गर्ने निर्णय गरिएको महानगरका मेयर नागेश कोइरालाले बताउनुभयो । विशेष समारोह आयोजना गरेर दुवै खेलाडीलाई सम्मान गर्न लागिएको महानगर प्रमुख कोइरालाले जानकारी दिनुभयो ।