विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमागर्दै रंगेली नगरपालिका

विराटनगर
मोरङको रंगेली नगरपालिकाले अति विपन्न घर परिवार लाई निःशुल्क स्वास्थ्य विमा गरिदिने भएको छ । पालिकाले एकल महिला तथा समुदायमा पछाडी परेका तथा आर्थिक अवस्था कमजोर भएका लाई आफनै वजेटमा स्वास्थ्य विमा गरिदिन लागेको हो । रंगेली नगरपालिकामा ९ वटा वडा रहेका छन । सो वडाका करिव १८ सय घर परिवारलाई कुनै शुल्क नलाग्ने र त्यसमा लाग्ने शुल्क पालिकाले व्यहोर्ने गरी स्वास्थ्य विमा गर्न लागेको नगरप्रमुख दिलीप वगडियाले बताउनुभयो ।
पालिकाको परिषदको वैठकले निर्णय गरेर वजेट छुटयाउदै कार्यविधी बनाएर विमाका लागी अहिले त्यस्ता परिवारसंग निवेदन लिने काम भइरहेको नगर प्रमुख वगडियाको भनाई छ । नगरवासी लाई शिक्षा, स्वास्थ्यको ग्यारन्टी गरे संगै पहिलो चरणमा १८ सय परिवारलाई त्यसपछि सवै विपन्न परिवारलाई स्वास्थ्य विमा गर्ने लक्ष्य रहेको पालिका प्रमुख बगडियाको भनाई छ ।
प्रत्येक परिवार वरावर ३५ सय रुपैयाँका दरले नगरपालिकाले विमा गर्न लागेको हो । स्वास्थ्य विमा गरेपछि पाँच जनाको परिवारले एकलाख वरावरको स्वास्थ्य सेवा तथा औषधी उपचार निःशुल्क पाउने व्यवस्था छ । सो पालिकामा रहेको रंगेली अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम संचालन हुदै आएको छ ।
मधेशी, आदिवासी जनजाती तथा सवै समुदायको मिश्रीत बसोवास रहदै आएको सो पालिकाले शिक्षा, स्वास्थ्य विकास पुर्वाधार साथै महिला तथा विपन्न परिवारका लागी विभिन्न कार्यक्रम समेत संचालनमा ल्याएको छ ।्
विभिन्न वडामा स्वास्थ्य शिविर संचालन गर्दै पाठेघर समस्या भएका महिलाहरुको अप्रेशन शिविरमा आउने हरुको निःशुल्क भिडिओ एक्सरे, इसिजी सेवा औषधीको व्यवस्था साथै अपरेशन गरेकाहरु लाई पौष्टिक खानाको समेत व्यवस्था गर्दै आएको नगरपालिकाका उप–प्रमुख भुमा पराजुलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *