कुमोद अधिकारी
२ असोज,
विराटनगर । कोशी प्रदेससभामा टेवुल भएको दलित अधिकार सम्वन्धि विधेयकमा थप परिर्माजन गर्नु आवश्यक रहेकोमा सहभागि हरुले जोड दिएका छन । विराटनगरमा आज आयोजित साझा सवालका लागि सांझा मन्च कोकनको आयोजनामा भएको कोशी प्रदेस दलित अधिकार सम्वन्धमा व्यवस्थागर्न वनेको विधेयकको वारे छलफल कार्यक्रमका सहभागिहरुले दलित अधिकार विधेयकलाई अधिकार सम्पन्न वनाउदै यसको कार्यान्वयनमा जोड दिएका छन ।
कार्यक्रममा कोशी प्रदेससभाका सभामुख अम्वर वहादुर विष्टले आगामी असोज भित्र प्रदेससभावाट विधेयक पासहुने वताउनुभयो ।, कार्यक्रममा सहभागिवाट आएको सुझावलाई ग्रहनगर्दै यसलाई परिमार्जन गर्दै जानुपर्ने उहाको भनाई थियो ।
कोशी प्रदेस समाजिक विकास मन्त्री गिता तिम्सिनाले दलित समुदायको अधिकार स्थापितगर्न प्रदेसभामा टेवुल भएको विधेयकमा आएको सुझावलाई समेटेर यसलाई पुर्णता दिने प्रष्ट पार्नुभयो । उहाले विधेयकमा भएको त्रुटि सच्याउदै दलितसमुदायको राजनितिमा पहुच, उनिहरुको क्षमता अभिवृद्धि , रोजगारी सृजना तथा न्यायमा सहज पुहुच पु¥याउने उल्लेख गर्नुभयो ।

प्रदेससभा सामजिक विकास समितिका सभापति गयानन्द मण्डलले सवैको सल्लाह र सुझावलाई समेटेर विधेयक कार्यान्वयमा आउने वताउनुभयो । उहाले विधेयकका वारेमा दलित अगुवाहरुलाई राखेर यस विषयमा गाउगाउमा गएर छलफल र वहस चलाउनुपर्नेमा जोड दिनुभयो । भौतिक पुर्वाधार विकास राज्यमन्त्री सपना दर्जीले दलित अधिकार विधेयकमा दलित अधिकारका वढिभन्दा वढि विषयहरु समेटनु आवश्ष्यक रहेको वताउनुभयो । प्रदेससभा सचिव शुदर्शन खडकाले दलित अधिकार विधेयकवारेमा शुरुदेखिनै प्रदेससभामा गहन छलफल चलेका सवैको अपनत्व हुनेगरि विधेयक पास हुने वताउनुभयो ।
छलफल कार्यक्रममा राष्ट्रसभाका पुर्व सदस्य खेम नेपालीले विधेयक अपुरो र अधुरो भएकाले यसलाई पुर्णता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेसका उपाध्यक्ष कुमोद अधिकारी, नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्रपी अधिकारी , नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य गणेश लम्साल , ईन्सेकका कोशी प्रदेस प्रमुख मनोहर पोखरेल, शिविनका वासु अधिकारी,,सामाजिक अभियान्ता गोपाल न्यौपाने लगायतले दलित अधिकारका विधेयकका वारेमा विभिन्न सुझाव दिनु भएको थियो ।
कोकनका अध्याक्ष मन्जिता उपाध्यायले विधेयक प्रभावकारी वनाउन सुझाव संकलन गरेको र आएका सुझाव सहित विधेयक परिमार्जनका लागि आफनो संस्थाले आगामी सोमवार समाजिक विकास समितिमा विधेयकको खाका वुझाउने जानकारी दिनुभयो । सो ववसरमा विधेयकको वारेमा अधिवक्ता कोषराज न्यौपानेले दफावार सुझाव प्रस्तुत गर्नु भएको थियो । ,