सानो उमेरमा ठूलो मन , आदर्श माविका विद्यार्थीद्धारा खाजा खर्चवाट भोटेकोसी वाढी पिडितका लागि सहयोग

कुमोद अधिकारी
१६ भदौ,
विराटनगर । रसुवाको भोटेकोसी बाढीबाट पिडित परिवारका लागि मोरङको रंगेली–७ स्थित आदर्श मावीका विद्यार्थीले सहयोग रकम जुटाएका छन ।
पिडितहरुको राहतमा सहयोग पुगोस भन्ने उद्देश्यले सो विद्यालयका विद्यार्थीहरूले कक्षागत रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेका हुन ।
कक्षा ३ देखि ८ कक्षा सम्मका बालबालिकाहरुले खाजा खर्चबाट केही रकम बचत गरेर प्रधानमन्त्री दैवीक प्रकोप राहतकोषमा रकम पठाएको विद्यालयका प्रधानाध्यापक विश्वरसिंह मेवाहाङले वताउनुभयो ।
आफ्नो गच्छेअनुसार विद्यालयका छात्र,छात्र बाट संकलन भएको ६ हजार २ सय ५४ रकम क्युआर मार्फत प्रधानमन्त्री राहतकोषमा पठाएको उहाले जानकारी दिनुभयो ।

विपद्को समयमा साना बालबालिकाले समेत सहयोगको भावना देखाउँदै राहत कोषमा योगदान गर्नु मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगी संस्कारको सकारात्मक उदाहरण भएको प्रधानाध्यापक मेवाहाङको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *