इस्कोन विराटनगरले श्रीकृष्ण जन्माष्टमी समारोह आयोजना गर्ने

कुमोद अधिकारी
१५ भदौ,
विराटनगर । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले भाद्र १९ गते शुक्रवार श्रीकृष्ण जन्माष्टमी समारोह आयोजना गर्ने भएको छ । विराटनगर स्थित जैन भवनमा इस्कोनले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य धार्मिक समारोह आयोजन ागर्न लागेको हो ।
इस्कोन विराटनगरका अध्यक्ष भानुभक्त जोशीले सोमबार पत्रकार सम्मेलन गरेर श्रीकृष्ण जन्माष्टमी समारोहमा १५ हजार भन्दा बढी भक्तजनहरूले सहभागिता जनाउने र सहभागिता जनाउने सबै भक्तजनहरूलाई प्रसाद वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
श्रीकृष्ण जन्माष्टमी समारोह कार्यक्रम आयोजना गर्न २२ लाख रुपैयाँ खर्च हुने भएकोले उद्योगी, व्यवसायीदेखि विराटनगरकावासीको घर–घरमा पुगेर सहयोग रकम संकलन भइरहेको अध्यक्ष जोशीले बताउनुभयो ।
भाद्र २० गते विराटनगरमा निकालिने ९५औं संस्करणको श्रीराधाकृष्ण रथयात्रामा इस्कोन विराटनगर सहभागी हुने अध्यक्ष जोशीले बताउनुभयो । कृष्ण जन्माष्टमीको अवसरमा इस्कोन प्रत्येकवर्ष विराटनगरमा वभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । उक्त कार्यक्रममा सहभागि हुन विराटनगरवासीलाई इस्कोनले आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *