कुमोद अधिकारी
१५ भदौ,
विराटनगर । नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरले रसुवा वाढिपिडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
भाद्र १० गते बुधवारका दिन नेपाल–चिन सिमानामा आएको बिनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि बिराटनगरमा रहेको नोना कोइराला स्मृति प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
प्रजातन्त्र सेनानी तथा महिला नेतृ नोना कोइरालाको स्मृतिमा स्थापना भएको यस सामाजिक संस्थाको संरक्षक नेपाली कांग्रेसका नेता शेखर कोइराला तथा अध्यक्ष श्रीमती पुनम कोइराला हुनुहुन्छ । यस अघि पनि सो प्रथिष्ठानले प्राकृतिक विपत्ती लगायत विभिन्न समाजिक तथा मानविय गतिविधिमा विभिन्न सहयोग गर्दै आएको सो प्रतिष्ठानले जनाएको छ ।