कुमोद अधिकारी
१४ भदौ,
मोरङ । विराटनगर आँखा अस्पताल देशकै अब्बल आँखा अस्पतालका रुपमा चिनिएको छ । नेपाली मात्र होइन, छिमेकी मुलुक भारत, भुटान, बङ्गलादेश लगायतका देशवाट उपचारका लािग सो अस्पतालमा उपचारका लागि आउने गर्छन् । सन्तुलित आहार नलिने, हरियो सागसब्जी नखाने, स्वच्छ वातावरणमा नबस्ने, आँखालाई सामान्य रुपमा लिने मानिस नै आँखाका बढी रोगी हुने गरेका छन ।
सन् २००४ मा भाडाको घरबाट शुरु भएको बिराटनगर आँखा अस्पतालमा अहिले वर्षमा एक लाखभन्दा बढी विरामीको आँखाको बिभिन्न शल्यक्रिया हुँदै आएको छ । फेको, जेप्टोजस्ता आधुनिक प्रविधिमार्फत मोतिविन्दुको सफल उपचार हुने गरेको छ भने जलविन्दु, रेटिनाको विशेष शल्यक्रिया, आँखाको नानीको प्रत्यारोपण, ओकुलोप्लास्टी समेत आधुनिक प्रविधिमार्फत गरिँदै आएको छ ।
आँखामा लाग्ने रोगकै कारण अहिले पूर्वाञ्चलका मानिसहरु बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । विराटनगर आँखा अस्पतालमा अहिले बाहिरबाट उपचारकै लागि आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । अन्य अस्पतालभन्दा धेरै सस्तो र गुणस्तरीय उपचार भएकाले पनि यस अस्पताल बिरामीको चाप बढ्दै गएको छ । अस्पतालले ज्येष्ठ नागरिकको उपचारमा विभिन्न सहुलियत र सुविधा प्रदान गर्दै आएको छ ।
विराटनगरमा स्थापना भएका आँखा अस्पतालहरुमध्ये सबैभन्दा धेरै विराटनगर आँखा अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीको आँखाको परीक्षण तथा उपचार हुँदै आएको छ । तीमध्ये सबैभन्दा बढी भारतीय नागरिक रहेका छन । स्वदेशी र भारतीय नागरिक मात्रै होइन, यस अस्पतालमा उपचारका लागि भुटान र बङ्गलादेशबाट पनि बिरामी आउने गर्छन ।
विराटनगर आँखा अस्पतालमा वार्षिक ६ लाखको हाराहारीमा विरामीको आँखा र कानको उपचार तथा ७२ हजार बिरामीको शल्यक्रिया हुने गरेको छ । यसबाहेक, विराटनगर आँखा अस्पतालमा व्याचलर इन अप्थेल्मोलोजी रेसिडेन्सी कार्यक्रम सञ्चालन हुँदै आएको छ भने बिभिन्न फेलोसिपका कार्यक्रमसमेत सञ्चालित छन् ।
अस्पतालका अनुसार हजारौं मानिसलाई आँखाको नानी नपाएर अन्धो भएर बस्नुपर्ने बाध्यता छ । ‘आँखा दान महादान’ भन्ने नारा गाउँगाउँसम्म पुग्न सकेको छैन् । आफू मरेपछि गरिने आँखा दानबारे आम नागरिक अझै पनि सचेत र जागरुक हुन सकेको छैन । त्यसैले अस्पतालले विभिन्न ठाउँमा गएर आँखा दानबारे जनचेतना फैलाउन खालका कार्यक्रम गर्दै आएको छ ।
विराटनगर महानगरपालिकास्थित पुरानो अस्पताल रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानमा आँखाको उपचारका लागि अस्पतालमा अहिले दैनिक तीन सयको हराहरीमा बिरामी आउने गरेका छन् । तीमध्ये अधिकांश मोरङ, सुनसरी र भारतका छन् । अहिले स–साना बालबालिकामा आँखाको समस्या दिन प्रतिदिन बढ्दै गएको छ ।
बच्चाहरुमा अहिले आँखा चिलाउने, टाउको दुख्ने समस्या बढ्दै जानु र चस्मा अनिवार्य नै भइरहेको बताउँदै उनले बच्चाहरुले धेरै मोबाइल हेर्नु, नजिकबाट टिभी हेर्नु नै ठूलो समस्या रहेको र यस्तो कुरामा परिवारले धेरै ध्यान दिनुपर्ने हुन्छ । उच्चरक्तचाप र मधुमेह रोग भएका बिरामीले कम्तीमा वर्षको एक पटक आँखा अनिवार्य रुपमा जचाउनु आवश्यक हुन्छ
विराटनगर महानगरपालिका–२ मा तापडिया आँखा अस्पताल संचालनमा छ । ्, सरकारले पनि यस क्षेत्रमा थप सहयोग गरोस् । “जसरी प्राथमिक स्वास्थ्य चौकी गाउँगाउँ पुग्न सफल भएको छ, त्यसरी नै सरकारले प्रत्येक अस्पतालहरुमा आँखा स्वास्थ्यलाई पनि प्राथमिकतामा राखोस् भन्ने चाहना अस्पतालको रहको छ , “यसका लागि सरकारले आँखाको नानी प्रत्यारोपणका लागि विभिन्न ठाउँमा आँखा बैंक स्थापना गर्नु आवश्यक छ । विराटनगर महानगरपालिका क्षेत्रमा अहिले डेढ दर्जन वढिको शख्यामा आखा अस्पताल संचालनमा छन ।
सो अस्पतालले स्वदेस तथा विदेशवाट आउने विरामीको उपचारका लागि सहजमात्र वनाएको छैन यस्ले पर्यटनको क्षेत्रमा समेत टेवा पु¥याएको छ ।
विराटनगरमा उपचार गराउन आउनेहरु भारतियहरु उपचार पछि कोशी प्रदेसका पर्यटयिक स्थलहरु घुम्न तथा अवलोकन गर्न जाने गरेका छन । अस्पतालमा आउनेहरु उपचार पछि कोशी प्रदेसको पहाडि जिल्लामा रहेको पर्यटकिय स्थल घुम्न जाने गरेको अस्पतालका संचालकको भनाई छ । नेपाल आउदा आखाको उपचार संगै आफना परिवारसंग पर्यटयिक स्थल घुम्न जाने गरेकाले आखा अस्पातालका कारण पर्यटकिय व्यवसाय समेत चलायमान भएको अस्पताल संचालक तेजलाल कर्णको भनाई छ ।