सिमानाकामा सुरक्षा व्यवस्था कडा बनाएपछि चोरी तस्करी नियन्त्रण

कुमोद अधिकारी

विराटनगर, सुरक्षा व्यवस्था कडा बनाइए पछि मोरङको सिमानाका बाट हुने चोरी तस्करी नियन्त्रणमा आएको छ । नेपाल प्रहरीले सिमावर्ती नाकामा उच्च शर्तकता अपनाउदै सुरक्षा व्यवस्था कडा बनाएपछि मोरङको रंगेली , आमाही, सिक्टिm मायागन्ज डायनिया लगायतका नाकाहरु बाट हुने चोरी तस्कारी अहिले ठप्प भएको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीको मातहतमा २६ किलोमिटर नेपाल भारतको सिमा नाका जोडिएको छ । सो नाकामा नेपाल प्रहरीको आधादर्जन भन्दा बढि प्रहरी चौकी रहेका छन । नेपाल प्रहरी र सशत्र प्रहरीले सिमानाकामा २४ घन्टा डयुटि गरेपछि चोरी तस्करी तथा लागुऔषध नियन्त्रणमा आउनुका साथै शान्ती सुरक्षा मा समेत सुधार आएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेस न्यौपानेले बताउनुभयो ।
प्राय प्रहरी चौकीमा आवश्यता अनुसार प्रहरीको दरबन्दि छैन । तर जति संख्यामा प्रहरी छन उनिहरुलाइ परिचालन गरी सिमानाका बाट हुनसक्ने कुनै पनि प्रकारको गतिविधी हुन नदिएको उहाँको दाबी छ ।
इलाका प्रहरी कार्यालय रंगेलीले चालु आर्थिक वर्षमा चोरी निकासी हुन लागेको अवस्थामा ३० लाख बढिको सामान बरामत गरेको प्रहरी निरिक्षक न्यौपानेको भनाई छ । नेपाल भारतका सुरक्षाकर्मीले समन्वय गरेर काम गरिरहेकाले चोरी निकासी नियन्त्रणमा सहज भएको प्रहरीको दावी छ ।
सिमानाकामा नेपाल प्रहरी तथा सशत्र प्रहरी अहोरात्र खटि रहने भएकाले चोरी तस्करी हुन लागेका लाखौ मुल्यका समान आफुहरुले पक्राउ गरेको प्रहरी निरीक्षक न्यौपानेको भनाई छ ।
सिमानाकासंग रंगेली, डायनिया, कर्सिया, दादरवैरिया कदमाहा, वेतौना, कदमाहा तथा रामचौक लगायतका नेपाली वजार जोडिएका छन । सो वजारका नाका भएर केही वर्ष अघि खादान्न , कृषि उपज तथा पशुचौपाया लगायतका वस्तुहरु तस्करी हुने गरेपनि अहिले तस्करी नियन्त्रणमा आएको स्थानिय रामसेवक मण्डलको भनाई छ । रंगेली मातहतका सवै नाकामा नेपाल प्रहरी र सशत्र प्रहरीले चौविशै घन्टा गश्ति र निगरानी गर्ने गरेकाले पनि तस्करी नियन्त्रणमा आएको मण्डलको भनाई छ ।
विवाह व्रतबन्ध तथा कुने प्रकारका धार्मिक तथा समाजिक कार्यका लागी भने प्रहरीलाई विवाह व्रतबन्धको कार्ड देखाएर आवश्यक सामानहरु भरतबाट खरिद गरेर नेपाल ल्याउन पाइने व्यवस्था मिलाएको छ ।
विवाह व्रतवन्धका आवश्यक काड हेरेर तथा सवै प्रकारको जाँचवुझ गरेर सामाजिक कार्यमा चाहिने सामान प्रहरीले ल्याउन दिने गरेको छ । स्थानियको माग अनुसार मुल्यमा राहतहोस भन्नका लागी नेपाल प्रहरीले सो व्यवस्था मिलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *