२ जेठ,
भोजपुर ÷ नेपाल प्रेस युनियनकोशीप्रदेश समितिको बैठक भोजपुरमा सम्पन्नभएको छ । प्रदेश अध्यक्षमीनकुमार नवोदितको अध्यक्षतामा सम्पन्न बैठकले संगठन सुदृढीकरण, विधान संशोधनकालागि सुझाव समितिगठन, सदस्यताविस्तार तथापत्रकारिता क्षेत्रको व्यावसायिकविकाससँग सम्बन्धित सातमहत्वपूर्ण निर्णय गरेको हो ।
बैठकले आगामी जेठ १३ गते काठमाडौंमाहुने युनियनको विधानसभामा पेश गरिने संशोधन प्रस्तावकालागि सुझाव संकलनगर्न समितिगठन गरेको छ । प्रदेश महासचिव सञ्जीववाग्लेको संयोजकत्वमागठित समितिलाई प्रदेशभरकाशाखाबाट सुझाव संकलन गरी केन्द्रीय समितिमाप्रतिवेदनबुझाउने जिम्मेवारी दिइएको छ ।
प्रदेश अध्यक्षनवोदितकाअनुसार बैठकले कोशीप्रदेशका १४ वटै जिल्लामा सदस्यताविस्तार अभियान सञ्चालनगर्ने निर्णयसमेत गरेको छ । सक्रियपत्रकारलाई संगठनमाआबद्ध गराउँदै प्रेस स्वतन्त्रता, श्रम अधिकार र पेशागत सुरक्षाका सवालमा साझाआवाजबलियो बनाउने रणनीतिअनुसार अभियान सञ्चालनगरिने उनले बताए ।
नेपाल प्रेस युनियनभोजपुर शाखाको आतिथ्यतामा सम्पन्न बैठकले युनियनको स्थापनादिवसलाई प्रदेशभर भव्य रूपमामनाउन सबै जिल्लाशाखालाई आग्रहगर्ने निर्णय पनि गरेको छ । यस्तै, झापामा सल्लाहकार समिति र परामर्श समितिसहितको विस्तारित भेलाआयोजनागर्ने, शाखाहरूबीच समन्वयबढाउने तथा संगठनात्मकगतिविधिलाई जिल्लास्तरमाथप सक्रियबनाउने विषयमा समेत छलफलभएको थियो ।
बैठकमा सहभागीपदाधिकारीहरूले पत्रकारितामाथिबढ्दो चुनौती, डिजिटलमिडियाको प्रभाव, श्रमजीवीपत्रकारको अवस्थातथाव्यावसायिकपत्रकारिताको विश्वसनीयताजोगाउने विषयमाधारणा राखेकाथिए । सञ्चारमाध्यमको बदलिँदो संरचनासँगै पत्रकार संगठनहरूलाई पनि समयानुकूल रूपान्तरणआवश्यक रहेको निष्कर्ष बैठकले निकालेको जनाइएको छ ।
त्यसैगरी, भोजपुरको पर्यटनप्रवद्र्धन र सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा सञ्चार क्षेत्रले प्रभावकारी भूमिका खेल्नुपर्नेमा बैठकले जोड दिएको छ । स्थानीयतह, पर्यटनव्यवसायी र सञ्चारकर्मीबीच सहकार्य विस्तार गरी भोजपुरलाई पूर्वी नेपालको सम्भावनायुक्तपर्यटकीयगन्तव्यका रूपमा स्थापितगर्नुपर्ने धारणा सहभागीहरूले राखेकाथिए ।
प्रेस युनियनकोशीप्रदेशले प्रदेशकाविभिन्नजिल्लामापुगेर नियमित बैठक तथाअन्तरक्रियाकार्यक्रम सञ्चालनगर्दै आएको छ । यसअघिविराटनगर, धनकुटाबजार, भेडेटार, उदयपुरको गाईघाट र बेलकालगायतका स्थानमा बैठक सम्पन्नभइसकेको छ । प्रदेश नेतृत्वले जिल्लामै पुगेर संगठनात्मकगतिविधि सञ्चालनगर्दा स्थानीयपत्रकारसँग प्रत्यक्ष संवाद, समस्यापहिचान र समन्वयमा सहजतापुगेको महासचिववाग्लेले बताए ।