कुमोद अधिकारी
४ जेठ,
विराटनगर । मोरङ जिल्लाको उत्तरीभेगमा पर्ने बादल, हिमाल र संस्कृतिको संगम जेफाले डाँडा पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिएसंगै आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ ।
समुद्री सतहबाट करिव १८ सय मिटर उचाइमा अवस्थित केरावारी गाउपालिका –२ मा पर्ने जेफाले डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्यावलोकन, सांस्कृतिक विविधता र सामुदायिक होमस्टेका कारण पर्यटकको रोजाइमा पर्न थालेको हो ।
तराईमा हुने अत्याधिक गर्मीको समयमा पनि मोरङ–सुनसरी तथा धनकुटा जिल्लाको सीमाक्षेत्र नजिकको यो डाँडामा छिनछिनमा हुने चिसा मौसम तथा त्याहहा लाग्ने वाक्लो हुस्सुले पर्यटकको मन लोभ्याउने गरेको छ ।
‘हावेचौरी’ नामले समेत चिनिएको २६ घरधुरी रहेको जेफालेमा केही मिनेटअघिसम्म घाम लागिरहेको ठाउँ अचानक बाक्लो हुस्सुले ढाक्ने र फेरि केहीबेरमै मौसम खुल्ने दृश्यले यहाँ पुग्ने जो–कोहीलाई रोमाञ्चित बनाउँछ ।
त्याहा निमार्ण भएको चारतल्ले भ्यू टावरवाट पूर्वका १६ जिल्लाको दृश्यावलोकन तथा मौसम सफा भएको वेला विश्वकै सर्वोच्च शिखर सगरमाथा र कञ्चनजंघा समेत देख्न सकिन्छ ।
भ्युटावरवाट सुर्योदयको दृष्य हेर्न सकिन्छ भने पाथीभरा मन्दिर, मोरङ जिल्लको एकमात्र चियावगान मातृभुमि टिस्टेट , तिनचाने ढुंगा तथा अजंगको रुख हेर्न पर्यटकहरु त्याहा पुग्ने गर्दछन ।्
जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरीका अनुसार जेफालेमा वार्षिक चार देखि पाच हजारको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने गर्दछन । मोरङ, सुनसरी, झापा, धनकुटा तथा सर्लाही जिल्लावाट समेत पर्यटक हरु त्याहा आउने गरेका छन । पर्यटनको संभावनै संभावना वोकेको जेफाले पर्यटकको रोजाईमा परेपनि सो ठाउमा प्रहरी चौकी नहुदा सुरक्षाको समस्या, टलिफोनको टवार नहुदा मोवायल नलाग्ने र विजली गइरहने समस्या छ । सुगम जिल्लको रुपमा मोरङ जिल्लालाई चिनिएपनि सोही जिल्लाको उत्तरी भेगमा रहेको जेफाले भने विकास र पुर्वाधारमा पछाडी परेको सामुदायिक होमस्टेका सचिव ठकुरीको भनाई छ ।

धनकुटाको भेडेटार, नाम्जे , राजारानी तथा सामेवा हुदै जेफाले पुग्न सकिन्छ । सम्वेवा सम्मको वाटो सहज भएपनि त्याहा देखि जेफाले सम्मको डेढ किलोमिटर वाटो सागुरो र खाल्डाखुल्डी हुदा साना गाडीलाई त्याहा पूग्न निकै समस्या हुने गरेको छ । आठवर्ष देखिे वाटोको अवस्था दयनिय रहेको र वाटो वनाउन ठेक्का लागेका दुइवटा निमार्ण कम्पनी संग ठेक्का सम्झौता टुटेकाले वाटो वन्न सेकेको छैन ।
डेढ किलोमिटर वाटोको स्तरउन्नती हुनसके सो ठाउमा उल्लेखनिय रुपमा पर्यटकहरु आउने सामुदायिक होमस्टेका संचालक राजु खडकाको भनाई छ । वाटो निमार्णका लागि स्थानिय तथा कोशी प्रदेस सरकारले वजेट छुटयाएपनि काम हुन नसकेको उहाको भनाई छ ।
पर्यटनलाई व्यवस्थित बनाउन त्याहा घुम्न आउने पाहुनाहरुको वसाईका लागि त्याहा ९ वटा घरमा सामुदायिक होमस्टे सञ्चालनमा छन । पाहुनालाई स्थानीय उत्पादनबाट बनेका परिकार खुवाइन्छ । लोकल कुखुराको मासु, ढिँडो र सिस्नु, स्कुसको मुन्टा, कोदो÷फापरको रोटि आलु तरकारी यहाँका विशेष परिकार हुन् । साँझपख मगर समुदायको हुर्रा नाच र लिम्बू समुदायको धान नाचले यहाँ आउने पाहुनालाई स्थानीय संस्कृतिसँग नजिक बनाउँछ ।

फागुनदेखि जेठ महिना सम्म पर्यटकको चाप उच्च रहने जेफालेमा सो अवधिमा एक होमस्टेबाट मासिक एक लाखदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । पर्यटनले स्थानीयलाई गाउँमै रोजगारी र आम्दानीको अजसर प्रदान गरेको छ । सडक स्तरोन्नति, सञ्चार सुविधा विस्तार र सुरक्षाको भरपर्दो व्यवस्थापन गर्न सके यो गन्तव्य पूर्वकै चर्चित पर्यटकीय केन्द्रका रूपमा स्थापित हुने स्थानियको भनाई छ ।