शिक्षादीप कलेजको जलबायु सम्मेलन, ४५ विद्यार्थीको अनुसन्धान प्रस्तुत

कुमोद अधिकारी
२९ चैत,
विराटनगर । विराटनगर स्थित शिक्षादीप कलेजको ४५ विद्यार्थीले जलबायु परिवर्तन सम्वन्धी अनुसन्धान प्रस्तुत गरेका छन् । कलेजले विराटनगरमा आज आयोजना गरेको चौथो संस्करणको जलबायु सम्मेलनमा कलेजका विद्यार्थीले गरेको अनुसन्धान प्रस्तुत गरिएको छ।
कक्षा ११ को विज्ञान संकाय अन्र्तगत बायोलोजी (जीव विज्ञान) विषयका ४५ विद्यार्थीले ९ वटा समूहमा रहेर प्रस्तुती दिएका थिए । विद्यार्थीले गरेको प्रस्तुतीको प्रा.डा शिवकुमार राई र सहप्राध्यापक कुलप्रसाद लिम्वुले मूल्यांकन गर्नु भएको थियो ।
थोरियम समूहले प्रस्तुत गरेको जलबायु परिवर्तन ः कृषि र खाध्य सुरक्षा सम्वन्धी प्रस्तुती सर्वोत्कृष्ट भएको शिक्षादीप कलेजका निर्देशक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुशार सो समूहलाई नगद ३० हजार पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट कन्टेन्ट मेकर प्युटोनियम समूहकी रिजु अधिकारी र उत्कृष्ट प्रस्तोता केशव झा हुनु भएको कलेजले जनाएको छ ।
जलबायु सम्मेलनमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले विद्यार्थीले प्रस्तुत गरेको शोधहरु राम्रो अनुसन्धान गरि तयार गरेको पाईएको बताउनुभयो ।
विद्यार्थीले गरेको अनुसन्धान गरि राम्रो विषय उठान गरेको वताउदै उहाले जलबायु परिवर्तन अनुसन्धानले देखाएको र विज्ञानले प्रमाणीत गरेको उल्लेख गर्नुभयो । उपकुलपति थपलियाले भन्नुभयो,‘ नीति निर्माणमा जलबायु परिवर्तनको विषय प्राथमिकतामा छ की छैन हामी सवैले हेर्नु पर्ने भएको छ ।’
कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले जलबायु परिवर्तनलाई न्युनीकरण गर्न तीनै तहको सरकारवीच सहकार्य आवस्यक भएको बताउनुभयो ।
जलबायु परिवर्तनलाई सकारात्मक प्रभाव पार्ने गरि प्रदेश सरकारले काम गरिरहेको उल्लेखगर्दै मन्त्री पराजुलीले विद्यार्थीले अनुसन्धान गरेको विषयलाई प्रदेश सरकारले आफ्नो प्राथमिकतामा पारेर आगामी दिनमा योजना निर्माण गर्ने बताउनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले विद्यार्थीको प्रस्तुतीबाट आफु प्रभावित भएको बताउदै विद्यार्थीले गहिरो अनुसन्धान गरेको प्रस्तुतीबाट देखिएको उल्लेख गर्नुभयो । आगामी दिनमा पनि अनुसन्धान कार्यलाई निरन्तरता दिन कलेजलाई प्रमुख जिल्ला अधिकारी कट्टेलले आग्रह गर्नुभयो ।
शिक्षादीप कलेजका प्रिन्सीपल ज्ञानबहादुर खड्काले जलबायु परिवर्तनले विश्वलाई भयाभह अवस्था बनाएको र त्यस्को न्युनिकरणका लागि विगत चार वर्षदेखि कलेजले जलबायु सम्मेलन गर्दै आएको बताउनुभयो । विद्यार्थीले जलबायु परिवर्तनका विभिन्न विषयहरुमा अनुसन्धान गर्दै आएको उहाँले बताउनुभयो । प्रिन्सीपल खड्काले मानव सभ्यता जोगाउने काम अब विद्यार्थीको काँधमा आएको बताउनुभयो ।
जलबायु सम्मेलनका की–स्पीकर सहप्राध्यापक कुलप्रसाद लिम्वुले विद्यार्थीलाई उत्प्रेरणा हुने गरिका विभिन्न क्षेत्रमा गरिएको अनुसन्धान सम्वन्धी प्रस्तुती दिनु भएको थियो । उहाँले विभिन्न क्षेत्रमा सीप बढाउन विद्यार्थीलाई आग्रह गर्नुहुदै अनुसन्धान गरिएको विषय विश्वसनिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहाल, शिक्षादीप कलेजका चिफ डाइरेक्टरहरु रमेशकुमार मण्डल, सहप्राध्यापक शैलेन्द्र सिवाकोटी, विज्ञान संकायका कोअर्डिनेटर नवीनकुमार राय, व्यवस्थापन संकायका कोअर्डिनेटर शंकर भट्टराई, सञ्चालक सदस्यहरु, विद्यार्थी, अभिभावक सहित करिव तीन सयको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *