धनपालथान गाउपालिकामा स्वास्थ्य शिविर आयोजना, तिनसय जनालाई निशुल्क स्वास्थ्य सेवा प्रदान

कुमोद अधिकारी
३० चैत,
विराटनगर । नागरिकलाई सहज रुपले स्वस्थ्यसेवा पु¥याउन मोरङको धनपालथान गाउपालिकामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । धनपालथान गाउपालिकाको वार्डन ५ स्थित किसान चौकमा शिविरमा आयोजना भएको हो ।
धनपालथान गाउपालिका स्वास्थ्य शाखाको आयोजना र विराट मेडिकल कलेज शिक्षण अस्पताल तथा गोल्छा आखा अस्पताल विराटनगरको सहयोगमा शिविर आयोजना भएको सो पालिकाका स्वास्थ्य साखा प्रमुख ऋषिराज सेठले वताउनुभयो ।
शिविरमा स्त्री तथा प्रसुति रोगसेवा सम्वन्धि विशेषज्ञ सेवा, मुटुरोग सम्वन्धि विशेषज्ञ सेवा, हाडर्र्जोनी तथा नशारोग सम्वन्धि विशेषज्ञ सेवा, जनरला फिजिसियिन सम्वन्धि विशेषत्र सेवा, आआरोग सम्वन्धि विशेषज्ञ सेवा तथा प्रयोगशाल र परामर्स सेवा प्रदान गरिएको थियो ।
शिविरमा आउन विरामीलाई प्रयोगशालासेवा, इसिजि र भिडियो एक्सरे सेवा, विशेषज्ञ स्वास्थ्य जाचसेवा ,निशुल्क औषधि वितरण,आङ खस्ने महिलाहरुका लागि स्क्रिलिङ, रिङ प्रेसरी, निशुल्क अप्रेशनसेवा, पाठेघर मुखको क्यान्सर सम्वन्धि भिआईए जाच,आखाजाच मोतिया विन्दुको निशुल्क अपरेशन, मुटुरोग सम्वन्धि जाचा र स्वास्थ्य सम्वन्धि परामर्स प्रदान गरिएको स्वास्थ्या साखा प्रमुख ऋषिराज सेठले जानकारी दिनुभयो ।
एक दिने शिविरमा तिनसयको हाराहारीमा विरामीले सेवा लिएका थिए । शिविरमा १ सय ९० जना पुरुष तथा १ सय १० जना महिलाले सेवा लिएका थिए ।


शिविरमा प्रयोगशाल सेवा ८२ जना, स्त्रितथा प्रसुति रोग सेवा ४५ जना पाठेघर मुखको क्यान्सर सम्वन्धि भिआइए जाच ४१ जना, जेनरल फिजिसियन र मुटरोग सम्वन्धि सेवा १ सय ३१ जना, हाडजोर्नी सेवा ७९ तथा भिडियो एक्सरे ३५ जना तथा मुटुको जाच सम्वन्धि ४५ जनाले सेवा लिएका थिए ।


शिविरको सो गाउपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदारले उद्घाटन गर्नु भएको थियो ।
सो अवसरमा वोल्नुहुदै उहाले पालिकाका आम नागरिकलाई सहज रुपले स्वास्थ्य सेवा पु¥याउन वर्डा स्तरमा शिविर आयोजना गरेको वताउनुभयो । उहाले पालिकाले आयोजना गर्दै आएको यस्ता शिविर विपन्न समुदाय लगायत आम नागरिकलाई सेवा लिन सहज भएको वताउनुभयो ।


धनपालथान गाउपालिकाका वर्डा अध्यक्ष गयानन्द सरदार तथा अर्कावर्डा अध्यक्ष मोहमद हुसेनले शिविर आयेजना हुदा पालिकाका सर्वसाधारणलाई सेवा लिन निकै सहज हुने वताउनुभयो । सो पालिकाले आम नागरिकको स्वास्थ्य जाचमा सहज पहुच पु¥याउन निरन्तर रुपमा प्रत्येकवर्डामा यस्ता शिविरहरु आयोजना गर्दै आएको पालिकाका अध्यक्ष गच्छदारले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *