मोरङको कटहरी गाउँपालिकामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना हुने

मंसिर ११ आइतवार
बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले मोरङको कटहरी गाउँपालिकामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना हुने भएको छ ।
कटहरी गाउँपालिकाको आयोजनमा मंसिर १२ गते सो पालिकामा रहेको फलफुल तथा कृषिथोक बजारमा मेलाको आयोजना हुन लागेको हो
। विहान ९ वजेदेखी अपरान्ह ४ वजेसम्म आयोजना हुने सो मेलामा रोजगार दाता र वेरोजगार युवालाई समन्वय गराउदै रोजगार प्रदान गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताउनुभयो ।
समवृद्ध नेपाल र सुखी नेपालीको सरकारको अवधारणा लाई आत्मसात गर्दै मेलाको आयोजन गर्न लागिएको र मेलावाट सयौ युवालाई रोजगारीका लागी मद्त पुग्ने उहाँको भनाई छ ।
एक दिने मेलामा सिपमुलक तालिम, कृषि सम्वन्धि परार्मस, तथा रोजगारी सम्वन्धि सुचनाका लागी युवा र रोजागार दाता विच प्रत्यक्ष समन्वय गराइने जनाइएको छ ।
स्थानिय जनशक्तिलाई स्थानिय स्तरमा रोजगारी उपलव्ध गराउन लागिएको मेलामा २५ सयभन्दा बढिको सहभागिता रहने कटहरी गाउँपालिकाका अध्यक्ष चौधरीले बताउनुभयो । मेलामा सहभागी युवालाई गाउँपालिकाले विभिन्न प्रकारका सिपमुलक तालिम प्रदान गर्दै उनीहरु लाई दक्ष बनाउदै पालिकामा रहेको उधोगहरुमा समेत रोजगारीका लागी पहल गरिने जनाइएको छ । सो पालिकामा साना र ठुलागरी ६० वटाभन्दा बढि उधोगहरु रहेका छन । मेलामा प्रदेश १ का उधोगी व्यवसायीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । मेलाको आयोजनाले कामका लागी विदेशीन लागेका युवा तथा समेत स्वदेशमै कामगर्न मद्त पुग्ने जनाइको छ । मेलाले यस क्षेत्रका जनशक्तिलाई स्थानिय उधोग , व्यवसाय, वैकिङ, पर्यटन तथा होटल व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलव्ध गराउने सहयोग पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *