कुमोद अधिकारी
४ असोज,
विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानलाई सहि वाटोमा ल्याउन निर्वाचन हुनुपर्ने वताउनु भएको छ ।
आन्दोलनको क्रममा ध्वस्त भएको विराटनगर स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उहाले भएको संविधानलाई कम क्षति गरेर भएपनि फागुन–२१ गतेका लागि निर्वाचनको मिति तोकिएकाले संविधानलाई सहि वाटोमा ल्याउन पनि सरकार तोकिएको मितिमा निर्वाचन गराउनु पर्ने वताउनुभयो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी तथा प्रदेस खारेज गर्ने कुरालाई अहिलेको अवस्थामा यो संविधानले नदिने र त्यो संविधान सम्वदपनि नहुने भन्नुहुदै उहाले संविधानमा उल्लेख भए अनुसार अहिले जे छ , जस्तो छ त्यहि निर्वाचन प्रणाली अनुसार आगामी निर्वाचन हुने प्रष्ट पार्नुभयो ।
एक प्रश्नमा उहाले निर्वाचनका लागि गठन भएको यो सरकारले अध्यादेस मार्फत संविधान संशोधन गर्ने कुरा संविधान विपरित हुने र यस्तो गल्ति सरकारले नगर्ने विश्वास व्यक्त गर्नुभयो । यहिे संविधानलाई टेकेर सरकारले निर्वाचनका मिति तोकेकाले सवै समस्याको समाधान यहि संविधान भित्र रहेर खोज्नुपर्ने उहाको भनाई थियो ।
नेता कोइरालाले राष्ट्रपतिलेले देसको संविधानलाई क्षत विक्षतहुन वाट वचाएको वताउदै जेनजीको आन्दोलनको क्रममा भदौ–२३ र २४ गते भएको घटनाको निष्पच्छ छानविन सरकारले गर्नुपर्ने वताउनुभयो । उहाले आठ घन्टामा मुलुक ध्वस्त भएकाले दुवै मितिमा भएका घटनाको छानविन हुन जरुरी रहेको उहाको भनाई थियो ।
लोकतन्त्र र प्रजातन्त्रका लागि राणाकालिन अवस्था देखी लडदै आएको लोकतन्त्रको पर्यावाची रुपमा रहेको विराटनगर स्थित कोइराला निवास किन जलाईयो प्रति प्रश्न गर्नुहुदै नेता कोइरालाले कोइराला निवासको घरको इतिहास जलेपनि अव यहिवाट उठेर लोकतन्त्रका र प्रजात्नत्रका लागि अघि वढने वताउनुभयो ।
नेता कोइरालाले सरकारले फागुन––२१ ग्तेका लागि निर्वाचनका मिति तोकि सकेकाले पार्टीका सवै नेता कार्यकर्तालाई संयमताका साथ नडराइनक निर्वाचनमा होमिन समेत आग्रह गर्नुभयो ।