आन्दोलनको क्रममा कोशी प्रदेसमा क्षति भएका संरचनाको अध्यन एंव विवरण संकलनका लागि समिति गठन,

कुमोद अधिकारी
५ असोज,
विराटनगर । कोशी प्रदेसमा जेनजी आन्दोलनका क्रममा कोशी प्रदेसमा भएका ृभएका भौतिक संरचना क्षतिको बस्तुस्थिति अध्ययन तथा विवरण संकलनका लागि समिति गठन गरिएको छ ।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले आज मन्त्रालयका भवन महाशाखा प्रमुख डीई विनम दाहालको संयोजकत्वमा एक जना लेखाअधिकृत तथा चार जना प्राविधिकसहित पाँच सदस्यीय समिति गठज गर्नु भएको हो ।
समितिले प्रदेश सरकारअन्ततर्गतका कार्यालयहरूमा आन्दोलनका क्रममा भएको भौतिक क्षतिको बस्तुस्थिति अध्ययन प्रतिवेदन कार्तिक २ गतेसम्ममा मन्त्रालयमा पेस गर्ने र सो विषयमा मन्त्रालयले निर्णय गरेर कार्तिक ९ गते बस्ने मन्त्रिपरिषदमा पेस गर्ने मन्त्री राईले जानकारी दिनुभयो ।
अध्ययन टोलीलाई भौतिक संरचनाको क्षति विवरण, भौतिक संरचना पुनः प्रयोग गर्न योग्य छ वा छैन र पुनः प्रयोग योग्य संरचना पुनर्निमार्णको लागत स्टिमेटसहितको प्रतिवेदन पेश गर्नुपर्ने टीओआर दिइएको छ । समितिलाई आइतबार चिठ्ठी प्रदान गरेकोले सोमबारदेखि काम सुरू गर्ने भौतिक मन्त्रालयका निमित सचिव रमेश श्रेष्ठले बताउनुभयो ।

असोज २ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशमातहतका कार्यालयमा भएको भौतिक क्षतिको वस्तुस्थिति अध्ययनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई र सवारी साधनको क्षतिको बस्तुस्थिति अध्ययन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिनुका साथै प्रदेशमा भएको ५ लाखसम्मको योजना कार्यान्वयन नगर्ने निर्णय गरेको थियो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले मन्त्रिपरिषद्को निर्णय मन्त्रालयमा आएपछि तत्काल अध्ययन समिति गठन गरेर काम सुरू गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *