नेतृत्व तहमा भएका कमीकमजोरी सच्याउनु आवश्यक–मुख्यमन्त्री कार्की

कुमोद अधिकारी
२ असोज,
विराटनगर। कोशी प्रदेसका मुख्यमन्त्री एंव नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कुमार कार्कीले, मुलुकलाई सकारात्मक वाटोमा अघि वढाउनु आवश्यक रहेको वताउनु भएको छ ।
नेकपा एमाले विराटनगर महानगर कमिटीले आज विराटनगरमा आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयको झण्डात्तोलन कार्यक्रममा बोल्दै कार्कीले भदौ– २४ गतेको आन्दोलनमा विभिन्न स्वार्थ समूहले आफनो उदेश्य पुरा गर्न खोजेको वताउनुभयो ।
अहिले नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भइरहेको उल्लेख गर्दै जेनजेडको भ्रष्टाचारविरुद्ध मागलाई एमाले पनि निरन्तर उठाउदै आएको उहाले बताउनुभयो ।
मुलुक अहिले विषम परिस्थितिजवाट गुज्रिरहेको यस्तो अवस्थामा पार्टी नेतृत्वले आफनो कमीकमजोरी सच्याउदै अघि वढनुपर्नेमा मुख्यमन्त्र िकार्कीले जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले कार्कीले एमाले सरकारमा रहदा विकास निमार्णका कामहरु उल्लेखनिय रुपमा भएको वताउनुभयो । संविधान मास्ने प्रयासले देशलाई अस्थिरता निमत्यने खतरा बढेको बताउँदै उहाँले संविधान जोगाउन सवै पंक्ष लाग्नुपर्ने समेत बताउनुभयो ।
महानगर कमिटीका अध्यक्ष बलराम गिरिको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष गिरिले युवापुस्ताको मागलाई सम्बोधन गर्ने गरी पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिँदै नेतृत्वले समय सापेक्ष सच्चिनुपर्ने आवश्यकता औल्याउनु भयो ।
भेलामा सहभागिहरुले पार्टीभित्र विधि र पद्धति बिर्सिने प्रवृत्ति देखिएको बताउँदै यस्तो अवस्थामा कसैले पनि गल्ती स्वीकार गर्न नखोज्नु चिन्ताको विषय रहेको वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *