कुमोेद अधिकारी
२ असोज,
जेनजी आन्दोलनमा शहीद भएकाहरुको सम्झनामा विराटनगर–८ स्थित समावेशी टोलमा दिप प्रज्वलन गरिएको छ ।
समावेशी टोल विकास संस्थाको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले शहीदहरुको सम्झना दिप प्रज्वलन गरेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
समावेशी चौकमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा टोलका सबै क्षेत्र, तह र तप्काका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागिहरुले नेपालको नक्सा वनाएर दिप प्रज्वलनगर्दै शहीदहरुको सम्झना गरेका थिए ।

समावेशी टोल विकास समितिका अध्यक्ष मनकुमार राईले आन्दोलनको क्रममा साहदत प्राप्त भएका शहिदहरुको सम्झनामा प्रज्वलन गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको बताउनुभयो ।
संस्थाका सचिव विष्णुराज लामिछानेले, वीर शहीदको सम्झनामा दिप प्रज्वलन गर्दै आन्दोलनका घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।
श्रद्धान्जली सभामा संस्थाका उपाध्यक्ष चुडा ठकुरी कोषाध्यक्ष शोभा लामिछाने लगायत सवै टोलवासीहरुले कार्यक्रममा सहभागिता जनाउँदै दिप प्रज्वलन गरेर श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।

यसै विच संस्थाको वैठकले टोलमा शान्ती सुरक्षाका लागि विशेष खवरदारी गर्ने निर्णय गरेको छ ।

शान्ती सुरक्षका लागी टोलको विभिन्न ठाउमा भेपर लाइट तथा सिसी क्यामरा जडानका लागि वर्डा कार्यालय संंग आग्रह गर्ने वैठकले निर्णय गरेको संस्थाका सचिव लामिछानेले जानकारी दिनुभयो ।
